site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ट्राफिक व्यवस्थापन सरकारको प्राथमिकतामा : गृहमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । 

उपत्यकालगायत देशका विभिन्‍न ठाउँमा हुने ट्राफिक जामलाई काम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्‍जाल विस्तारलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

गृहमन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन निर्माणको कामलाई पनि तदारुकताका साथ अगाडि बढाउने बताए । आगामी वर्षबाट ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाउने कुरालाई पनि सरकारले ध्यान दिने उनले बताए । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक नियम थाहा भएर पनि पालना नगर्नेहरुका लागि कडा कानुनको आवश्यकता रहेको बताए । ट्राफिक नियम जानाजान उलंघन गर्नेहरुमाथि हुने जरिवाना रकम बढाउनुपर्ने उल्लेख गर्दै उनले लाइसेन्स वितरणमा पनि कडाइ गर्नुपर्ने बताए । लाइसेन्स वितरण गर्दा थारै लापरवाही भए पनि सवारीहरु सडकमा हतियारको रुपमा प्रयोग हुनसक्ने चेतावनी उनले दिए । 

Global Ime bank

गृहमन्त्रालयमा भएको एक कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ प्रस्तुत गरेका थिए । 

फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC