site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
शरीर, शक्ति र  राजनीति

सबैथोक भएर पनि शरीरलाई किन केही होइन भनियो ? किन शरीरलाई क्षणभङ्गुर र आत्मालाई अमर मानियो ? किन मानिसको नाङ्गो शरीरलाई अश्लील भनियो र जनाबरकोलाई भनिएन ? यी यस्तै प्रश्नहरुको साङ्गोपाङ्गो उत्तर पाउन त कठिन छ तर हामी प्रयास त गर्न सक्छौँ नि ।

मानव शरीर विभिन्न अंग प्रत्यङ्ग र विविध जैविक तत्वहरुको मिश्रण रहेछ । चाहेर नचाहेर हामी आफ्नै शरीरका दासदासीहरु रहेछौँ । कहिले टाउको दुखेको बहानामा मस्त सुत्छौँ कहिले मन दुखको बहानामा  मस्त रुन्छौँ । हामी शरीरको एकतमासको वृत्तमा एकोहोरो घुमिरहेका छौँ । भन्न त कविहरुले शरीर केही होइन आत्मा अमर रहन्छ भनिदिए । तर, शरीर तिनले भने झैँ  ‘केही होइन’मात्र हो त ?

युद्धमा हात गुमाएको सिपाही, प्रेम अस्वीकार गरेको बहानामा एसिड छ्यापिएकी किशोरी, कम उचाइका कारण अस्वीकृत युवती, तिमी त राम्रा छौ दलित होइन होला  भनेर प्रश्न गरिएको युवक, आफ्नै छालाको रंग देखेर दिनहँु फेयरनेस क्रिम दल्ने महिला यी सब कारणको पछाडि शरीर “मात्र शरीर” हो त ? पक्कै होइन । शरीरमाथिको राजनीति मानव सभ्यताको यस्तो इतिहास हो जसले कहिल्यै प्रस्ट रुपमा यसलाई स्वीकार गरेन तर कहिल्यै त्यसभन्दा माथि उठ्न पनि सकेन ।

Agni Group

एउटा दलित शरीरलाई किन उति नै बलियो र प्रभावशाली भएर पनि  कमजोरको संज्ञा दिइराखियो ? किन एकजना महिला उत्तिकै बुद्धिमान भएर पनि  शक्ति संरचनाबाट ठगिइरहिन् ? किन बुद्धिमानभन्दा मूर्ख तर सुन्दर नारी धेरैको हृदयमा बस्छे ? जब यी यस्ता प्रश्नहरुको सताउन थाल्छ तब हामीलाई लाग्न थाल्छ शरीरभन्दा राजनीतिक त अरु कुनै विषय नै छैन । लाग्छ, अहिलेसम्म भएका मोर्चा, आन्दोलन, लडाइँ शरीरकै राजनीतिमाथि गरिएका युद्ध हुन् ।

शरीरको राजनीतिलाई अंग्रेजीमा – ‘बडी पोलिटिक्स’ भनिन्छ । यसको सैद्धाान्तिक पक्ष उठाउने सुरुका व्यक्तिहरूमध्ये इतिहासविद् मिसेल फुको पनि हुन् । उनी आफ्नो पुस्तक ‘बडी कन्डेम’ मा लेख्छन् — “शरीरको राजनीति यस्तो विषय हो जसले शरीर, शक्तिसंरचना र त्यसले निर्माण गर्ने ज्ञानको सम्बन्धबारे प्रष्ट पार्छ अनि यसको प्रत्यक्ष सम्बन्ध शरीर र शक्तिसंरचनासँग रहन्छ ।’’ यसैगरी जुडिथ बटलरको पनि यस विषयमा उल्लेखनीय स्थान छ । उनले  महिलाको शरीरमाथि हुने राजनीतिबारे कुरा गरेकी छन् ।

Global Ime bank

“शरीर” कतिको राजनीतिक विषय हो भनेर नेपाली समाजले भने बिरलै छलफलको वस्तु बनायो ।  छलफलको विषय भए पनि विशवविद्यालयका यस्ता कोठाहरुमा भए जसको ध्वनि बाहिर पुगेन । आज पनि आत्मा अमर छ शरीर क्षणभङ्गुर छ भनेर यसमाथि हुने राजनीतिबाट हामी पन्छिरहेका छौँ ।

शरीरसँग गरिने व्यवहारको प्रत्यक्ष सम्बन्ध शक्ति संरचनासँग हुनेरहेछ । आज पनि राज्यले कुनै व्यक्तिमाथि गर्ने व्यवहार त्यही शक्तिद्वारा निर्देशित छ । हुन त हाम्रो शरीर सानो ठूलो होला, रंग कालो गोरो होला तर हाम्रो शरीर एउटै संमिश्रणको मिश्रण हो । तर, पनि किन एउटा कालो छाला र अर्को गोरो छालाका बीचमा विभेद कायम नै छ । किन चुच्चो नाक र चिम्सा आँखा हुनेहरुले बिरलै छलफलको एउटै मञ्च पाउँछन् ।   शरीर यति नाजुक ढङ्गले शोषणको कारण बन्छ । यी यस्ता कुराहरु जब छलफलमा आउँछन् तब हामी नकार्न सक्दैनौ शरीर र शक्तिसँगका सम्बन्ध । त्यसैले त शक्तिको वरपरको शरीर बलियो ठहरिइरह्यो र शक्तिबाट परको शरीर शोषित बनिराख्यो ।

संसारको कथित भूमण्डलीकरण र उपनिवेशवादको सुरु कालाहरुले गरेको भए अहिलेजस्तो ‘फेयरनेस क्रिम’को बजार यति व्यापक हुने थिएन कि ?  न हामी घरबाट निस्कनेबित्तिकै घाम देखेर डराउने थियौँ, न हामीबीच आफ्नो छालाको रंग धमिलो भएकोमा चिन्ता नै हुने थियो । हामीले बाँचेको समय सायद अर्कै हुने थियो । ‘ब्लयाक लाइफ म्याटरस’को सट्टा ‘हवाइट लाइफ म्याटरस’जस्ता सामाजिक आन्दोलन पो हुने थिए कि ?

हाम्रो शरीर जसरी शक्तिकेन्द्रबाट निर्देशित र शोषित छ त्यस्तै हाम्रा विचारहरु पनि स्वचालित छन् । परिणामः शक्तिमा रहेको शरीरले शक्तिबाट पर रहेको शरीरलाई निकम्मा ठानिराखेको छ । त्यसैले आज पनि विशवविद्यालयबाट निस्केको एक जना पुरुष शरीर र महिला शरीरमा दुई भिन्न प्रवृत्ति भेटिन्छ एउटामा नचाहिँदो दम्भ र अर्कोमा नचाहिँदो भद्रता । आज पनि पुरुषको अर्धनग्नता सामान्य र महिलाको बाहुला नभएको कपडालाई अश्लील मानिन्छ ।

शरीरमाथि हुने राजनीति सबै क्षेत्रमा हुने राजनीति जस्तै शक्ति र सत्ताको आडमा रहन्छ छ । जसले शक्ति र सत्ताको बागडोर शताब्दीयौँदेखि चलाए उनीहरुकै हातमा शरीरको लगाम पनि रह्यो । फलस्वरुपः उनीहरुभन्दा परका शरीर शोषण, दलन र तिरस्कारका कारण बनिराखे । अझै पनि महिला, दलित, पिछडिएका शरीरहरु प्रेम गरेको बहानमा, प्रेम अस्वीकार गरेको बहानामा प्रताडित भइराखेका छन् । निर्मला पन्त, नबराज बिकजस्ता अनेकाैं शरीरमाथि गरिएको राजनीतिमा आज पनि समाज छलफल गर्न डराउँछ न्यायको कुरा त कता हो कता । राष्ट्रले अब यी यस्ता विषयमा छलफल र पुनःमूल्याङ्कन गर्ने अग्रसरता देखाउनु पर्ने हैन र ?

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC