site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोभिड–१९ को संक्रमणका बीच बुधबारदेखि पर्यटकीय बस सेवा सुरु हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागु गर्दै बुधबारदेखि पर्यटक बससेवा सुरु हुने भएको छ ।

कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुर्नस्थापित गर्नका लागि देशदर्शन बससेवा प्रालिले कात्तिक १९ गते बुधबारदेखि औपचारिक रुपमा देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्री पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो । प्रालिले काठमाडौं-पोखरा दिवा तथा रात्री, काठमाडौं-जनकपुर रात्री, काठमाडौं–वीरगञ्‍ज रात्री, काठमाडौं–लुम्बिनी दिवा तथा रात्री, काठमाडौं–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको छ । उक्त बससेवा काठमाडौंको बौद्धबाट सोह्रखुट्टे हुँदै छुट्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै ८ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रीकालिन सेवा सुरु गर्न लागिएको प्रालिका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताउछन् ।

“रु १२ करोड लगानीमा १६ बस खरीद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित सेवा प्रदान गर्न लागेका छौँ,”–उनले भने । देशदर्शन बससेवा प्रालिले मुख्यमुख्य पर्यटकीय स्थललाई लक्षित गरेर दिवा तथा रात्रीकालिन बससेवा सञ्चालन गर्न लागेको कार्यकारी निर्देशक आचार्यको भनाइ छ । 

Global Ime bank

आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र सेनिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनी बताउछन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थालेपनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगित गरिएको थियो । देशदर्शन बससेवा प्रालिले शुभारम्भको एक साताका लागि काठमाडौंदेखि देशका विभिन्न स्थानमा जानका लागि भाडादरमा ५० प्रतिशत छुट र काठमाडौं भित्रिने यात्रुका लागि भाडादरमा २० प्रतिशत छुटको व्यवस्था गरेको बजार व्यवस्थापक लोहनी बताउछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC