site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पका चार वर्ष : विश्व कम सुरक्षित र अमेरिकालाई पुर्‍याएको क्षतिपूर्ति गर्न लामो समय लाग्छ 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । सन् २०१६ मा पहिलो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले चार वर्षको अवधिमा आफ्ना समर्थकहरुलाई गुमाएका छन् । अमेरिकी इतिहासमै यस चार वर्षको अवधिलाई हेर्दा अमेरकी इतिहासमै आफ्ना समर्थक राष्ट्रप्रतिको विश्वास जसरी गुमेको छ, त्यसलाई हासिल गर्न एक कार्यकालभन्दा बढी समय लाग्‍ने छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थाप्रति विश्वासमा संकट सिर्जना भएको छ भने विज्ञहरूले विश्वव्यापी लोकतान्त्रिक मान्यतामा पुगेको क्षतिलाई पहिलेको स्थानमा ल्याउन दशकौं लाग्‍ने त्रास देखिएको बताइरहेका छन् । 

राष्ट्रपति ट्रम्पले निरंकुश शक्तिशालीहरुसँग मित्रता गाँस्‍नेदेखि लिएर बहु-राष्ट्रिय संस्थाहरूलाई कमजोर पार्नेसम्मका गतिविधिमा संलग्‍न भएका छन् । उनले नेतृत्व गरेको अमेरिकी प्रजातन्त्रको वैधानिकतामाथि पनि प्रश्‍नहरु उब्जिएका छन् । तर, पनि राष्ट्रपति ट्रम्पले विश्वसनीयता गुमेकोप्रति चासो व्यक्त गरेका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

"उनले प्रतिबन्ध लगाइएका चीजहरूलाई सामान्य बनाइ दिए । कुनै पनि पश्चिमी मुलुकको नेतृत्वले ट्रम्पले गरेजस्तै व्यवहार गरेका हुन्थे भने उनीहरुलाई मजाकको पात्र बनाइन्थ्यो र सीमान्तकृत पारिन्थ्यो," नैरोबीस्थित राजनीतिक विश्लेषक नानजला न्याबोलाले भने । "विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको प्रमुख भएकै कारण उनले अन्तर्राष्ट्रिय समुदायको ठूलो विश्वास र भरोसा भएका संस्थाहरुलाई अवमूल्यन गर्ने र मापदण्डहरु उल्लंघन गर्दा पनि ग्राह्य भएको छ । यो ट्रम्पको स्थायी विरासत हुनेछ ।"

ट्रम्पको प्रजातन्त्रप्रतिको घृणाको स्पष्ट उदाहरणहरुमा विभिन्‍न मुलुकका निरंकुश शासक र नेताहरुलाई गर्ने प्रशंसाबाट प्रष्ट देखिन्छ । उनले साउदी अरेबियाका क्राउन प्रिन्सलाई 'मेरो साथी' भन्दै 'साँच्चै नै शानदार काम' गरेको भन्दै प्रशंसा गरेका छन् । साउदी नागरिकहरूले आफ्नो शासक चयनका लागि मतदान गर्न पाउँदैनन् र शाही परिवारले शासन गर्छन् । र, जो दशकौंदेखि मानवअधिकार उल्लंघनका हजारौं घटनाहरुमा संलग्‍न भएका छन् । 

Global Ime bank

उनले उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई एक 'वास्तविक नेता' को संज्ञा दिएका छन् । जससँग उनी 'वास्तवमै ठीक' सम्बन्ध भएको बताउँछन् । उत्तर कोरिया सम्भवतः विश्वकै सबैभन्दा खराब तानाशाहीको उदाहरण हो । जहाँ आलोचकहरुलाई यातना शिविरमा राखिन्छ भने विपक्षीहरुलाई जेल हालिन्छ । प्रदर्शनकारीहरुलाई मृत्युदण्ड दिइन्छ भने राज्यका सञ्‍चारमाध्यमहरु शासकको परीवारको नियन्त्रणमा राखिएका छन् । 

ट्रम्पको शक्तिशाली भनिएका व्यक्तिहरुसँगको प्रेम तानाशाहसँग मात्रै सीमित रहेन । उनले देखावटी अथवा आंशिक लोकतन्त्र भएका भनिएका मुलुकका शासककोसमेत सराहना गरेका छन् । उनले रुसक राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका रेसेप तय्यप एर्दोआनलाई चुनावमा निर्वाचित भएकोमा बधाइ दिएका छन् । दुबैजनाको निर्वाचन प्रणालीलाई अन्तर्राष्ट्रिय चुनावी पर्यवेक्षकहरूले क्रमशः वास्तविक प्रतिस्पर्धामा अभाव भएको र निष्पक्ष रूपमा मतपरिणाम घोषणा नगरेको बताएका छन् । टर्कीको सन्दर्भमा, यो मत संवैधानिक जनमत संग्रह थियो जसले एर्दोआनलाई थप शक्तिशाली बनाएको छ । 

"जब संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले अवैध निर्वाचनको जितमा ती नेताहरुलाई बधाई दिए वा वास्तविक तानाशाहलाई आफ्नो मित्रको संज्ञा दिए, तब ती नेताहरुले विश्वका कथित 'नैतिक नेता'को समर्थनको रहेको भन्दै प्रचार गरे," बिर्मिङघम विश्वविद्यालयका प्रजातन्त्रका प्राध्यापक निक चीजम्यानले भने । "विश्‍वमञ्‍चमा ट्रम्पको उदयसँगै तानाशाह र निरंकुश सत्ता र सत्ताधारीहरुलाई अनुमोदन गर्दै गएपछि ती तानाशाह र निरंकुश नेताहरुलाई मुलुकभित्र र अन्तर्राष्ट्रियस्तरमा थप आक्रामकरुपमा अघि बढ्न अनुमति दिएको छ ।"

ट्रम्पले अटोक्रेटहरूलाई काम गराउन सामान्य चासोसमेत दिएको पाइँदैन । मानवअधिकारका गम्भीर दुरुपयोगका घटनाका विषयमा पनि ती अटोक्रेटहरुलाई केही भन्‍न सकेनन् । साउदी समूहको योजनामा जब पत्रकार जमाल खाशोग्गीको हत्या भयो, तब पनि शक्तिशाली राष्ट्रका प्रमुख ट्रम्पले साउदी क्राउन प्रिन्सलाई मध्यपूर्वलाई "एक शंकास्पद, शत्रुतापूर्ण ठाउँ' भन्दा पनि कुनै प्रतिक्रिया दिएनन् । सन् २०१६ को निर्वाचनमा रुसले हस्तक्षेप गरेपछि पनि ट्रम्पले पुटिनको विषयमा नकारात्मक टिप्पणी गरेनन् । गत वर्षको जी-७ शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले बारम्बार मानवअधिकारको उल्लंघन गर्ने इजिप्टका राष्ट्रपति अब्देल फतेह अल-सिसिलाई 'अमेरिकाको महत्वपूर्ण सहयोगी' र 'मेरो मनपर्ने तानाशाह' को संज्ञा दिएका छन् । 

यही चार वर्षको अवधिमा नै राष्ट्रपति ट्रम्पले विभिन्‍न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुबाट बाहिरिएका छन् र विभिन्‍न अन्तर्राष्ट्रिय संघसंस्थाहरुको निन्दा गर्दै विश्‍वसनीयतामाथि प्रश्‍न उठाएका छन् । सुरुवाताका दिनमा अमेरिकी राजनीतिक र आर्थिक सहयोमा सुरु भएका ती संगठनहरुप्रति प्रश्‍न गरेका हुन् । 

राष्ट्रपति ट्रम्पका यस्ता गतिविधिहरुले बहुपक्षीयताको प्रभावकारिता घटाउने प्रत्यक्ष र आपतकालीन प्रभाव परेको  छ। "कोरोना महामारीको बीचमा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा गरेर र संगठनले चीनसँग मिलेर काम गरेको आरोप लगाए । उनले विश्वव्यापी संकटको सामना गर्न लागिरहेको अन्तर्राष्ट्रिय निकायहरूको दीर्घकालीन विश्वसनीयतालाई जोखिममा पार्ने चेतावनी दिए," चीजम्यानले भने, "जब उनले पेरिसमा भएको जलवायु परिवर्तसँग सम्बन्धित सम्झौताजस्ता सन्धिहरुबाट बाहिर जान्छ भने त्यो मुलुकलाई अन्तर्राष्ट्रिय समुदायलाई रुख काट्न हुँदैन भनेर आग्रह गर्ने क्षमतालाई कमजोर पारेको  छ।  यदि अमेरिका जलवायु परिवर्तनलाई रोक्‍न अग्रसर हुँदैन भने अरु कोही किन हुन्छ ?"

न्याबोलाका अनुसार ट्रम्पको एकपक्षीयताले दीर्घकालीन दुई महत्वपूर्ण जोखिम निम्त्याउँछ । पहिलो, नाटो र संयुक्त राष्ट्रजस्ता संस्थाहरूको अमेरिकी "विश्वास र इमान्दारताका आधारमा निर्माण गरिएको फोरमहरूको निर्माणमा दशकौंदेखिको अमेरिकाले गरेका कार्यलाई उजागर गर्न सक्छ । दोस्रो, ट्रम्पको अस्थिर नेतृत्वको शैलीले "राष्ट्रपति पदका अन्तर्राष्ट्रिय अपेक्षाहरूलाई परिवर्तन गरेको छ ।" ती अपेक्षाहरूमा जसले स्वतन्त्रतालाई नै खतरामा पार्ने काम गर्छ त्यसपछि प्रजातान्त्रिक राष्ट्रहरूको पक्षमा खडा कसरी हुनसक्छ ?,  पश्चिमी सुरक्षा चासोहरूको संरक्षण र स्थिरतालाई बढावा दिनुको सट्टा यी सिद्धान्तहरूलाई कमजोर पार्ने शत्रुराष्ट्रहरुलाई मित्रताको संज्ञा दिइन्छ । यसले अमेरिकी विश्‍वनीयतामा ठूलो संकट पैदा गरेको छ । 

यसले ट्रम्पपछिको उत्तराधिकारीलाई थप समस्या सिर्जना गर्नेछ । अहिले अथवा फेरि चार वर्षपछि जो उनको उत्तराधिकारी हुन्छ, उसले विभिन्‍न अन्तर्राष्ट्रियस्तरबाट प्रश्‍नको सामना गर्नुपर्छ । अक्सफोर्ड युनिभर्सिटीका कूटनीतिज्ञ जेनिफर क्यासिडी भन्छिन्, "उनको बोली र व्यवहारले अमेरिकी मित्र राष्ट्रहरुले गर्ने अपेक्षामा बदलाव आएको छ । यसको अर्थ अब इरानजस्ता मुलुकहरुले भन्‍नसक्नेछन् कि अमेरिकासँग फेरि कहिल्यै कुनै पनि कुरामा सम्झौता गरिन्‍न । यदि ट्रम्प जस्तै कोही कोही पुनः आउने हो भने उसले भने सबै कुरा काटेर अघि बढ्‍नसक्छ ।"

ट्रम्पको विश्‍वमञ्‍चमा राष्ट्रपतिको रुपमा अमेरिकाको छविजस्तो बनाएका छन्, त्यसले आगामी दिनमा आउने राष्ट्रपतिको छविलाई पनि प्रभावित बनाउने छ । यदि त्यो व्यक्ति जो बाइडे भए भने सम्भवतः उनले पहिलो दिनदेखि अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध पुनर्स्थापना गर्न पहल गर्नेछन् । उनले पहिलो दिनदेखि नै यस्तो समस्याको सामना गर्नुपर्नेछ । ट्रम्प एकपटकका लागि विश्वामा आए र बाँकी विश्‍वलाई थाहा छ कि ट्रम्पैजस्तै कोही फेरि आउनसक्छन् ।"

अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई सम्मान गर्नेहरू जतिसुकै फरक भए पनि विगत चार वर्षयता भने परिवर्तन आएको छ । आगामी दिनमा अमेरिकी पूर्वसमर्थक राष्ट्रहरुलाई विश्‍वासमा लिन लामो समय लाग्‍नेछ । त्यो विश्‍वास पुनर्स्थापित नभएसम्म पश्‍चिमी प्रजातन्त्रको विरोध गर्नेहरु हाबी हुँदै जानेछन् । सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC