site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘यो निरङ्कुश व्यवस्था होइन दुईजनालाई जे मन लाग्यो त्यही पार्टी निर्णय हुने’
Ghorahi CementGhorahi Cement

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विवाद एक-अर्काका पर्याय बनेका छन् । मुलुक कोभिड सङ्क्रमणको सन्तापमा छ । त्यसले उत्पन्न गरेको समस्यामा छ । न्यून आय भएका मात्र होइन, मध्यमस्तरको आय भएका नागरिकहरू नै हातमुख जोड्ने मारमा छन् । महँगी, बजारभाउ उच्च विन्दुमा उक्लने क्रममा छ ।  तर, सत्तासीन नेकपा यी सबै समस्या एकातिर पन्छाएर विवाद र बखेडामै व्यस्त देखिन्छ । उसलाई कोभिडको कहर र नागरिकको पीडाले छोएको छैन ।

असार १० गतेदेखि भदौ २६ गतेसम्म चलेको पाँचौं स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद व्यवस्थापन गरेको बुझाइ थियो । तर, महिनादिन नबित्दै ‘चुच्चे ढुङ्‍गो उही टुङ्‍गो’ बन्‍न पुगेको । र, विवादको जस्ताको तस्तै स्वरूपमा पुनरावृत्ति भएको छ । नेकपाभित्रको पछिल्लो विवाद के हो ? र, यसको निकास के हुनसक्छ भनेर स्थायी कमिटी सदस्य भीम रावलसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :

यहाँहरूले कार्यदलमार्फत पार्टी र सरकार सञ्चालनमा देखापरेका विवाद किनारा लगाउनुभयो भन्ने बुझाइ थियो, पुनः पार्टीभित्र विवाद बल्झियो नि ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी सञ्चालनको विधि, प्रणाली, जिम्मेवारी लिने मापदण्ड, सरकार सञ्चालन गर्ने मान्यता, आधार आदि विषयमा निकै ठूलो बहस-विवाद भयो, विगतमा । त्यसले पार्टीलाई निकै अप्ठ्यारो अवस्थामा पनि पुर्‍यायो । पार्टीका दुईजना अध्यक्ष कार्यदल बनाउने निष्कर्षमा पुग्नुभयो । सचिवालयले त्यसलाई अनुमोदन पनि गर्‍यो ।

Agni Group

तत्पश्चात् स्थायी कमिटीको बैठक बसेर पार्टीको आन्तरिक जीवन र सरकारले सामना गरिरहेका समस्याहरूबारे निर्णय लिइयो । अगाडिको बाटो पनि तय गरियो । स्थायी कमिटी बैठकले महाधिवेशनको तयारीसम्मको कुरा गरेको थियो ।

आज कात्तिक १५ गते, स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन भएको भए केन्द्रीय कमिटीको बैठक चलिरहेको हुनेथियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकको निर्णयलाई अन्तरपार्टी निर्देशनका रूपमा हस्ताक्षर गरेर तल (मातहतका कमिटी) मा पठाउनुभयो । लागु गर्न निर्देशन पनि दिनुभयो ।

Global Ime bank

तर, स्थायी कमिटीको बैठकको निर्णय कार्यान्वयन हुन सकेन । कार्यान्वयन गर्ने कुरामा स्वयम् प्रधानमन्त्री र अध्यक्षको रुचि देखिएन । त्यहाँ जे निर्णय गरिएका थिए, त्यसविपरीतका गतिविधि देखिए । त्यसले समस्या सिर्जना गरेको हो ।

स्थायी कमिटी बैठकले गरेको निर्णय इमानदारीसाथ कार्यान्वयन गरेको भए, यो समस्या उत्पन्न हुने नै थिएन । पार्टीभित्र जटिलता देखिने नै थिएन । के, कति कारणले पार्टीका निर्णय कार्यान्वयनमा समस्या सिर्जना भयो, किन बैठकको निर्देशनविपरीतका गतिविधि देखापरे ? यसको आवश्यकता किन पर्‍यो भनेर सघन छलफल हुन जरुरी छ । त्यसका लागि तुरुन्तै स्थायी कमिटीको बैठक नै बोलाइनुपर्छ ।

प्रधानमन्त्री ओलीले किन स्थायी कमिटी बैठकको भावना पछ्याउनुभएन । पार्टी निर्णयविपरीत काम गर्नुभयो ? खुलस्त बैठकलाई जवाफ दिनुपर्छ । स्थायी कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी भूमिका दिएको थियो । कार्यकारी अध्यक्षको रूपमा काम गर्नुपर्छ भनेर जिम्मेवारी दिइएको थियो । कार्यकारी अध्यक्षको हिसाबले उहाँलाई काम गर्न कसले समस्या सिर्जना गर्‍यो । पार्टी एकताका बाँकी काम किन पूरा हुन सकेनन् ? त्यो पनि उहाँले जवाफ दिनुपर्छ । र, अहिलेको यो अन्यौल, अनिर्णयको अवस्थाको अन्त्य गर्नुपर्छ ।

स्थायी कमिटी बैठकको निर्देशनविपरीतको गतिविधिचाहिँ के भयो त ?
स्थायी कमिटीको बैठकमा राष्ट्रिय महत्त्व विषयहरू, राष्ट्रहितसँग सम्बन्धित विषयहरूमा पार्टीमा पहिला छलफल गर्ने, साझा, समान धारणा बनाउने, त्यही धाराणाका आधारमा सरकारले गर्नुपर्ने हो भने पनि त्यसैलाई पछ्याउने, पार्टीले गर्नुपर्ने कुरा हो भने पनि त्यही नीतिमा टेकेर गर्ने सहमति भएको थियो ।

त्यस्तै गुटबन्दीजन्य सम्पूर्ण क्रियाकलाप रोक्ने, पार्टीभित्र क्रियाशील जति पनि फाउन्डेसनहरू छन्, नेताहरूका नाममा खोलेका प्रतिष्ठानहरू छन् तिनीहरूको कामकारबाही छानबिन गर्न कार्यदल बनाउने, त्यसको प्रतिवेदन नआउँदासम्म उनीहरूलाई गतिविधि गर्न नदिने भन्ने निर्णय भएको थियो । ती काम भएका छैनन् । गतिविधि रोकिएका छैनन् ।

तर, यहीबीच निर्णयसँग मेल नखानेगरी भारतीय गुप्तचर संस्था (रअ) का प्रमुखलाई निम्त्याइयो । कहिले उहाँको भ्रमण शिष्टाचार भेट मात्रै हो भनियो, आधिकारिक रूपमा । कहिले यो भ्रमण भारतीय सरकारको विशेष दूतको रूपमा हो भनियो । कहिले त्यहाँ कोही पनि थिएन, प्रधानमन्त्री र गुप्तचर प्रमुख मात्रै थिए भनियो । कहिले को थिए भनियो । जे भनिए पनि, यो कूटनीतिअनुकूल थिएन । कूटनीतिक मर्यादाप्रतिकूल थियो । विगतमा गुप्तचरमार्फत नेपालको राजनीतिलाई,  नेपालको प्रशासनमा समेत सूक्ष्म व्यवस्थापन (माइक्रोम्यानेजमेन्ट) गर्ने दुःखद् चरण हामीले सामना गर्‍यौं । विगतमै त्यसको हामीले ठूलो विरोध गरेका थियौं । अहिलेको यो भेट  विगतको त्यही गतविधिको पुनरावृत्तिजस्तो पनि देखियो । यो निकै आपत्तिजनक कुरा हो ।

यस्तो गम्भीर कुरा हुँदा पनि न पार्टीलाई जानकारी गराइयो, न कुनै बैठकमा राखिएको छ, न कसैसँग छलफल नै गरिएको  छ ! यस्तो भइसकेपछि पार्टीमा समस्या उत्पन्न हुन्छ नै । अब यो समस्याको समाधान स्थायी कमिटी बैठक बसेर मात्रै हुन्छ । यस्ता गतिविधि गर्नेले औचित्य पुष्टि गर्नुपर्छ । विरोध गर्नेले पनि विरोधको अर्थ पुष्टि गर्नु पाउनुपर्छ ।

दुईजना अध्यक्षबीच नै संवाद दुरुह बन्दै गइरहेको छ । केन्द्रीय कमिटी बैठक पनि धकेलिएको छ । स्थायी कमिटी बैठक बोलाउने सम्भावना छ त ?
नेकपाभित्र दुईजना, तीनजना नेता अध्यक्षकहाँ गएर कुराकानी गरेपछि मात्रै त्यो संवाद हुने, नगरेपछि संवादहीन हुने भन्ने कुरा होइन । हामीले विगतका अनुभवबाट देखिसक्यौं, दुईजना बस्ने, कहिले मिल्यो भन्ने, कहिले मिलेन भन्ने कुराले पार्टीका मूलभूत समस्या समाधान भएनन् । त्यही महसुस गरेर त कार्यदल बनाएर स्थायी कमिटीमा पेस गर्नुपरेको हो । अहिले पनि दुई-तीनजना नेताको बीचमा संवाद गरेर, दुई जना अध्यक्षबीच कुरा भइरहेको छ नि भनेर सन्तोष मानेर बस्ने अवस्था छैन । 

त्यसकारण दुईजना अध्यक्ष अब स्थायी कमिटीका लागि तयार हुनुपर्छ । स्थायी कमिटीको बैठकको निर्णय अगाडि नसर्नुमा प्रमुख भूमिका उहाँहरूकै देखिएको छ । बैठकमा उहाँहरूले आफ्ना कुरा राख्नुपर्‍यो । संवादको पनि परिभाषा त्यही हो ।

पार्टी भनेको प्रणाली हो । यो निरङ्कुश व्यवस्था त होइन नि, दुईजना व्यक्तिलाई जे मन लाग्यो, त्यही गर्दै हिँड्ने ! दुईजना नेताले कुरा गर्न मन पराउनु भयो कि भएन भनेर पनि त्यही बैठकमा आउला । दुईजना अध्यक्षले पार्टीको संस्थागत निर्णयलाई कदर गर्नुपर्छ । खासगरी प्रधानमन्त्री र पार्टी अध्यक्ष नै यसबीचमा भएका पार्टी निर्णय कार्यान्वयन नगर्नेतिर लागेको देखिएको स्थायी कमिटी बैठकका लागि तयार हुनुपर्छ ।

प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्डकै कारण नेकपा समस्या सिर्जना भएको हो भने कमिटीले विकल्प सोच्नुपर्‍यो नि ! 
तपाईंले दुवैजना भन्नु भयो, एकजना दुईजना ज-जसका कारण समस्या सिर्जना गर्नुभएको छ, समस्या समाधान गर्न सक्नुभएको छैन वा निर्णय कार्यान्वयन गर्न सक्नुएको छैन त्यो त स्थायी कमिटीमा संस्थागत रूपमा आउनुपर्‍यो नि । पार्टी विधान छ, पार्टीको राजनीतिक प्रतिवेदन छ, मान्यता छ, सिद्धान्त छ, पृष्ठभूमि छ, हजारौं हजार नेता-कार्यकर्ताको पार्टी निर्माणमा योगदान छ, अनि कुनै एकजना व्यक्तिलाई लाग्यो, त्यो गर्छु भन्ने त कुनै पार्टी हुँदैन नि ! त्यो कानुनी प्रक्रिया पनि भएन । लोकतन्त्र पनि भएन । कम्युनिस्ट प्रणाली त झनै भएन ।

भनेपछि, नेतृत्वकै अयोग्यताका कारण नेकपाले यो सब बेहोरिरहेको छ ?
को योग्य भयो, को योग्य भएन, कस-कसले के-के भूमिका खेल्नुपर्थ्यो, कस-कसले के जिम्मेवारी लिनुपर्थ्यो भनेर बैठकले नै तय गर्छ । तपाईं र म अहिले बहस गरेर तय हुने कुरा होइन । मैले नीतिगत रूपमा बारम्बार भन्दै आएको छु । विगतमा स्थायी कमिटी बैठकमा पनि भनेको छु । स्थायी कमिटी बैठक सकिएलगत्तै ट्विट गरेर पनि भनेको छु- मतभेद चर्किएका बेला हामीले निकास निकालेका छौं । यसको कार्यान्वयन भएन भने यसले ठूलो सङ्‍कट ल्याउनेछ । देश, जनता र पार्टीको हित गर्नेछैन भनेर मैले उतिबेलै भनेको छु । अहिले, उहाँहरूले भूमिका नखेलेर हो कि, उहाँहरूमै समस्या छन् कि, त्यो त बैठकमा आएपछि थाहा हुन्छ ।

प्रधानमन्त्रीले पार्टीको प्रणालीमा चल्नैपर्छ । बैठकमा पार्टी समस्याहरू ल्याउनैपर्छ । आफ्ना कुराहरू राख्नैपर्छ । अरूका कुरा सुन्नुपर्छ । पार्टी सामूहिक निर्णय, विधि, पद्धति, सिद्धान्त, योगदान, आदर्शबाट चल्छ । राष्ट्रको सर्वोपरी हित, जनताको भावना ध्यानमा राखेर चल्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC