site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्युनिसियाबाट फ्रान्स पुगेर चक्कु प्रहार, आतंककारी आक्रमण भन्दै निन्दा
Sarbottam CementSarbottam Cement

पेरिस । फ्रान्सको दक्षिणी सहर नाइसस्थित एउटा चर्चमा भएको चक्कु प्रहारको घटनालाई 'आतंकवादी आक्रमण' को संज्ञा दिइएको छ । उक्त चक्कु प्रहारमा तीन जनाको मृत्यु भएको थियो । 

प्रहरीले चलाएको गोली लागेका एज सन्दिग्घ आक्रमणकारीको गम्भीर अवस्था भएपछि अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रपति इम्यानुअल म्याक्रोनले उक्त घटनालाई 'इस्लामिक आतंकवादी आक्रमण' भनेका छन् ।

घटनापछि चर्च र विद्यालयहरूको सुरक्षाको निम्ति हजारौं सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् र राष्ट्रिय सुरक्षा सतर्कतालाई उच्च तहमा पुर्‍याइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नियन्त्रणमा रहेका संदिग्ध व्यक्ति केही दिनअघि ट्युनिसियाबाट युरोप पुगेका थिए । उनी फ्रान्स पुगेपछि बिहीवार बिहान रेलबाट निस पुगेको र त्यहाँ उनले कपडा फेरेको देखिएको पाइएको छ ।

ती व्यक्ति ४०० मिटर हिँडेर नोट्र-डाम चर्च गई स्थानीय समयानुसार बिहान ८:२९ मा भित्र पसेका थिए । त्यहाँ उनले एकजना वृद्धाको टाउको झन्डैझन्डै छुट्ट्याइदिएको र अर्का पुरुषको घाँटीमा प्रहार गरेको बताइएको छ ।

Global Ime bank

अर्की महिला चर्चबाट भाग्‍न सफल भइन् र एउटा मदिरालयनजिक पुगेकी थिइन् । तर घाइते भएकी उनको पनि पछि मृत्यु भएको थियो । पीडितहरू चर्चमा उपस्थित भएकै कारणले निसाना बनाइएको प्रमुख अभियोजनकर्ता रिकार्टको भनाइ छ ।

उनले भने अनुसार प्रहरी घटनास्थल पुग्दा ती व्यक्तिले खतरनाक रूपमा प्रस्तुत भए र बारम्बार "अल्लाहु अबर" (ईश्वर महान् छन्) भनेर चिच्याएका थिए । ती व्यक्तिको झोलामा दुईवटा फोन र एउटा कुरान पनि फेला परेको अधिकारीहरूले जनाएका छन् ।

प्रहरीले अहिलेसम्म ती सन्दिग्ध आक्रमणकारीको नाम पुष्टि गरेको छैन । फ्रान्स र इटलीका सञ्चारमाध्यमले आक्रमणकारीको नाम ब्राहिम आवीसावी भएको बताएका छन् ।

रिकार्टका अनुसार सन् १९९९ मा जन्मिएका उनी ट्युनिशियाली नागरिक हुन् । उनी सेप्टेम्बर २० मा युरोप पसेको बताइएको छ । - बीबीसी


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC