site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोलकातामाथि चेन्‍नईको रोमाञ्‍चक जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । 

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले चेन्नईलाई जितका लागि दिएको १७३ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाउन सफल भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

चेन्नईका लागि रुतुराज गाइक्वाडले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ७२ रनको योगदान गरे । त्यस्तै अम्बाती रायडुले ३८ रन बनाउँदा रवेन्द्र जडेजाले ३१ रनको योगदान गरे ।

बलिङतर्फ कोकाताका लागि प्याट कमिन्स र वरुन चक्रवर्तिले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाउन सफल भएको थियो । 

Global Ime bank

कोलकाताका लागि नितिश रानाले अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले १० चौका र ४ छक्काको सहयोगमा ८७ रन बनाए । त्यस्तै दिनेश कार्तिकले २१ रन बनाउँदा शुभम गिलले २६ रनको योगदान गरे । 

बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले दुई विकेट लिए । त्यस्तै मिचेल स्टेनर, रविन्द्र जडेजा र करन शर्माले समान एक–एक विकेट लिए । 

आजको खेलमा पराजित भएसँगै कोलकाताको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ । लिगमा १३ खेल खेलेको कोलकाता १२ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । 
जित निकालेको चेन्नई १३ खेलमा १० अंक सहित तालिकाको पुछारमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  २३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC