site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बाइडेन निर्वाचित भएमा चिनियाँ सामग्रीको लगाइएको करको विषयमा सहयोगी राष्ट्रहरुसँग परामर्श गर्ने
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेट उमेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा भविष्यमा चिनियाँ सामग्रीमा लगाइने करका विषयमा मुख्य सहयोगी राष्ट्रहरुसँग तत्काल परामर्श गर्ने उनका वरिष्ठ सल्लाहकारले बताएका छन् । चीनविरुद्ध आफूलाई बलियोरुपमा स्थापित गर्न 'सामूहिक लाभ' का बारेमा मुख्य सहयोगी राष्ट्रहरुसँग परामर्श गर्ने सल्लाहरकारले बताएका हुन्छ । 

राष्ट्रपति निर्वाचनको ५ दिनअघि रोयटर्ससँगको एक अन्तर्वार्तामा बाइडेनका दुई सहयोगीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको गल्तीलाई नदोहोर्‍याउने बताएका छन् । उनीहरुले राष्ट्रपति ट्रम्पको 'अमेरिका पहिलो' एजेन्डा अन्तर्गत युरोपियन र क्यानाडाली सामग्रीमासमेत कर बढाएको विषयमा आपत्ति जनाउँदै अमेरिकी पार्टनरहरुसँगको ट्यारिफको विषयमा छलफल हुने बताएका हुन् । 

"ट्रम्प प्रशासनको असफलता ट्रम्पसँगै बिदा हुनेछ । ओबामा प्रशासनका पूर्व वरिष्ठ विदेश नीति, जेफ्री प्रेसकोटले भने, "ट्रम्पको असफलताले चीनलाई सजिलो बनाएको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

डेमोक्रेटिक उमेदवार बाइडेन निर्वाचित भएमा ट्रम्पले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धको लागि प्रयोग गरेको चीनबाट बृहत कर उठाउने रणनीतिका विषषमा बाइडेनले पनि बढाउँछन् भन्‍ने प्रश्‍नको जवाफ अस्वीकार गरेका छन् । 

प्रेसकोटले भने, "हामीले कुनै पनि अपरिपक्‍व कुरालाई अन्तिम निर्णय मान्दैनौं । किनकि हामी आफैंले के पाउँछौं भनेर ठ्याक्कै थाहा पाउँदैनौं ।  तर मित्रराष्ट्रहरूसँग परामर्श गर्नु यसको हिस्सा हुनेछ ।"

Global Ime bank

तीव्र व्यापार युद्ध नै वाशिङ्टन र बेइजिङबीचको तनावको मुख्य मुद्दा हो । जसले दुई मुलुकबीचको दशकौंदेखिको सम्बन्धमा दरार पैदा गरेको छ । जसमा कोरोना भाइरसको महामारी, हङकङमा जारी गरेको नयाँ सुरक्षा कानुन, बौद्धिक सम्पत्तिको चोरी, मानवअधिकारको उल्लंघन, ताइवान र साउथ चाइन सीको विवादलगातका कुराहरुले दुई मुलुकबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ । 

२०२० को राष्ट्रपति पदको चुनावी अभियानमा चीन केन्द्रीय विदेश नीतिमा केन्द्रित रहेको छ । राजनीतिक सभामा ट्रम्पले अक्सर दाबी गरेका थिए कि बाइडेनले चीनको लागि नरम दृष्टिकोण राख्‍नेछन् ।

बाइडेनले ट्रम्पकोभन्दा चीनमा कडा हुने र व्यापारिक प्रतिबन्धहरु जारी गर्न पनि तयार हुने जवाफ दिएका थिए । ट्रम्प र उनका सहयोगीहरूले बिना तर्क बाइडेनलाई आरोपित गरेको बाइडेनको अभियानले जनाएको छ । ट्रम्पले जनवरीमा चीनसँग हस्ताक्षर पहिलो चरणको व्यापार सम्झौता एक ठूलो कदम भएको बताएका छन् ।

तर, विज्ञहरुले भने बेइजिङले अमेरिकाको सामानको कुल खरिद सम्झौताको पहिलो वर्षका लागि निर्धारित लक्ष्यभन्दा निकै कम हुने बताएका छन्  । बाइडेनले चिनियाँ सामग्रीमा ट्यारिफ घटाउने विषयमा गरिएको प्रश्‍नमा सल्लाहकारहरुले थप दोहोर्‍याउँदे भने , "बाइडेनले पहिलो पटक संयुक्त राज्य अमेरिकाका मित्र राष्ट्रहरूसँग परामर्श गर्नेछन् ।"

ओबामा प्रशासनका पूर्व श्वेत हाउस र पेन्टागनका सल्लाहकार ब्रायन म्याकेनले भने, "तपाईंले युरोपियन र क्यानाडाली सामग्रीहरुमा ट्यारिफ बढाउनु हुँदैन बरु उनीहरूसँग व्यापारको सवालमा काम गर्न सक्नुहुन्छ ।"

"हामी चीनमा सामूहिक लाभ उठाउन सक्ने क्षेत्रहरू पहिचान गर्नका लागि तत्काल परामर्श आवश्यक गर्नेछौं," प्रेस्कटले भने । "तर अहिले उनीहरुलाई अलग गरिएको छ, राष्ट्रपति ट्रम्पले उनीहरुको अपमान गरेको छ, र त्यसले हाम्रो हात चीनभन्दा कमजोर भएको छ ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  ०४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC