site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोलकाताद्वारा चेन्‍नईलाई १७३ रनको लक्ष्य 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नितिस रानाको अर्धशतकको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सलाई १७३ रनको लक्ष्य दिएको छ । 

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाउन सफल भयो । 

Agni Group

कोलकाताका लागि नितिश रानाले अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले १० चौका र ४ छक्काको सहयोगमा ८७ रन बनाए । त्यस्तै दिनेश कार्तिकले २१ रन बनाउँदा शुभम गिलले २६ रनको योगदान गरे । 

बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले दुई विकेट लिए । त्यस्तै मिचेल स्टेनर, रविन्द्र जडेजा र करन शर्माले समान एक–एक विकेट लिए । 

Global Ime bank

आजको खेमला कोलकातालाई जित्‍ने पर्ने दबाब छ । प्लेअफमा आफ्नो सम्भावना जोगाइ राख्न आजको खेलमा कोलकातालाई जित्नु पर्ने हुन्छ । कोलकाता लिगमा १२ खेल खेलेर १२ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ । 

आजको खेलमा जित निकाल्न सकेमा कोलकाता अंक तालिकाको शीर्ष चारमा उक्लने छ । यता समूह चरणबाटै बाहिरिएको चेन्नई आजको खेलमा जित निकाल्दै आफूलाई राम्रो अवस्थामा राख्दै यो सिजनको अन्त्य गर्ने योजनामा छ । चेन्‍नईले अब लिगका दुई खेल खेल्न बाँकी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC