site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 हरिहर दाहाल, प्रेमबहादुर खड्का र यदुनाथ खनालसहित ५ जना डीएलएबाट निष्कासित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)ले नेपाल बार एसोसियनको निर्वाचनमा आफ्नै उमेदवार हराउन लागेको भन्दै डीएलएकै पूर्वअध्यक्षसहित केही वरिष्ठ अधिवक्तालाई संगठनबाट निष्कासन गरेको छ । 

डीएलएको अनुशासन समितिले डीएलएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, प्रेमबहादुर खड्कासहित अधिवक्ताहरु विजयप्रसाद मिश्र र श्रीराम दवाडीलाई निष्कासन गरेको हो । 

Agni Group

नेपाल बार एसोसियनको ०७५ चैत १६ गते सम्पन्‍न निर्वाचनमा डीएलएको नेतृत्वमा बनेको वृहत्तर लोकतान्त्रिक समूहका २५ मध्ये २२ जना उमेदबार पराजित भएका थिए । 

पराजयको कारण पत्ता लगाउन डीएलए केन्द्रिय समितिले ०७६ वैशाख १० मा समिति गठन गरेको थियो । सो समितिले साउन १२ गते प्रतिवेदन बुझाएको थियो । 

Global Ime bank

सो प्रतिवेदनले डीएलए नेतृत्वको समूहका उमेदवार पराजित हुनुमा निष्कासन गरिएका ५ जनासँग बुझ्नुपर्ने भन्दै १५ दिने स्पष्टिकरण मागिएको थियो । 

०७७ भदौ ३ गते स्पटिकरण दिन उनीहरु पाँचै जनालाई भनिएपनि स्पष्टिकरण नदिएर संस्थाको वैधानिकतालाई चुनौती दिएको र मौन रहेर जवाफ नदिउकाले आरोप पुष्टि भएको भन्दै संगठनबाट निष्कासन गरिउको अनुशासन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC