site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु (फोटो फिचर) 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारदेखि प्रशिक्षण सुरु गरेको हो । 

पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो ।  प्रशिक्षणका लागि एन्फाले बुधबार सबै खेलाडीलाई काठमाडौं बोलाएको थियो । 

नेपालले बालगोपाल महर्जनको प्रशिक्षकत्वमा तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो । 

Agni Group

नेपालले बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुने एन्फाले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC