site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना प्रकाशित गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो । 

बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको एन्फाले जनाएको छ । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको थियो । 

Global Ime bank

नेपालले बंगलादेशसँग कात्तिक २८ गते मंसिर २ गते गरी दुई अन्तर्राट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा विश्वकप छनोटको दोस्रो चरण अर्न्तगत घरेलु खेलको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC