site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 विश्व बैंकबाट ८ करोड डलरको कृषि परियोजना स्वीकृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व बैंकले नेपालका लागि ८ करोड डलरको कृषि परियोजना स्वीकृत गरेको छ । नेपालको कृषि क्षेत्रको विकास र कोभिड महामारीको आर्थिक प्रभाव न्युनीकरण गर्ने उद्देश्यले ९ अर्ब ३६ करोड रुपैयाँ बराबरको ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना स्वीकृत भएको बैंकले जनाएको छ । 

यो परियोजनाले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिड १९ ले पारेको आर्थिक असर न्युनीकरणमा समेत सहयोग पुर्‍याउने विश्वास विश्व बैंकको रहेको छ । कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्व बैंकका लागि नेपालका कन्ट्री डाइरेक्टर फारिस हदाद जार्भोसले यो परियोजनामा काम गर्न सरकार र निजी क्षेत्रलाई अवसर दिने बताए । त्यसबाट कृषिमा नेपाल ब्राण्ड स्थापित गर्न र अन्तराष्ट्रिय रुपमा परिचित गराउन सफल हुने विश्वास व्यक्त गरे । 

चिया, कफी, फलफुल तथा जडिबुटीलाई बजारिकरण गर्न र कोभिड १९ को असरलाई कम गराउन सहयोगी हुने उनको भनाइ छ । 

Global Ime bank

यो परियोजना ६ वटा प्रदेशमा केन्द्रित हुने बैंकले जनाएको छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा यो परियोजना संचालन हुने विश्व बैंकले जनाएको छ । नेपालको कृषि विकास रणनीतिलाई सघाउन यो परियोजनामार्फत सहयोग गर्न लागेको बैंकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC