site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 फ्रान्समा आतंककारी आक्रमण, ३ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

पेरिस । फ्रान्सको नाइस सहरमा भएको चक्कु आक्रमणमा तीनजनाको मृत्यु भएको फ्रेन्च प्रहरीले बताएका छन । नाइसका मेयर क्रिस्टियन इस्टरोसीले सहरको मुख्य क्षेत्र नोट्रे-डामे बसिलिकाको घटनाको सबै कुराले 'आतंककारी आक्रमण' भएको संकेत गरेको बताएका छन् । 

उक्त आक्रमणमा एक महिलाको टाउको काटिएको प्रहरीले जानकारी दिएको छ । मेयर इस्टरोसीले यस घटनालाई 'इस्लामोफासिज्‌म' को संज्ञा दिएका छन् । उक्त घटना संलग्‍न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्सको आतंकवादविरोधी अधिकारीहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन् । आक्रमणकारीको संलग्‍न भएको आशंकामा नियन्त्रणमा लिने क्रममा ती व्यक्तिले निरन्तर 'अल्लाह अकबर' भन्दै चिच्याइरहेको मेयरले पत्रकारसँग बताएका छन् । 

आन्तरिक मामिला मन्त्री जेराल्ड डारमानिन्‌ले तत्लका आपतकालीन बैठक बोलाउने बताएका छन् । प्रधानमन्त्री जिन कासटेक्सले राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका छन् । बिहीबार मध्यरातिदेखि लागु हुने लकडाउनका विषयमा जानकारी दिन राष्ट्रिय सभामा उपस्थित प्रधानमन्त्रीले एक मिनेट मौन धारण गरेका हुन् । 

Global Ime bank

उनले भने, "बिना प्रश्‍न यो हाम्रो मुलुकका लागि निकै गम्भीर र नयाँ चुनौती हो । यसले मुलुकलाई नै तरंगित बनाउको छ । अब एकता र स्थिरताका साथ यसको सामना गर्न अपिल गर्दछु ।"  - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC