site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समयमै काम नसक्ने ठेकदारलाई कारबाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन
Sarbottam CementSarbottam Cement

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिस्ट तयार गरी कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्माण सम्झौता भएको लामो समय भएका तर कामको सुरुवात नगरेका जिल्लाका सबै योजना र ठेकेदारको नामसहित तथ्याङ्‍क सङ्कलन गरी कारबाहीका लागि सिफारिस पठाउन आफूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिएको प्रजिअ भट्टराईले बताए । उनले भने, “तोकिएको समयमा काम नसक्ने तथा सम्झौता भएर पनि काम नगर्ने ठेकेदारको लिस्ट तयार गरी कारबाहीका लागि पठाउन निर्देशन भएको छ, सोहीबमोजिम प्रक्रिया अगाडि बढाउँदै छौँ ।” जिल्लामा अधिकांश योजना निर्माण व्यवसायीको लापरबाहीका कारण ढिलासुस्ती भइरहेको यहाँका नागरिकले मुख्यमन्त्रीसमक्ष गुनासो गरेपछि त्यस्ता कम्पनीलाई आवश्यक निर्देशनसहित कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

दिपायल पुलदेखि एयरपोर्टसम्म जाने सडक पिच गर्न ठेक्का भएको लामो समय भए पनि काम नगरेकोप्रति चासो राख्दै मुख्यमन्त्री भट्टले तत्काल उक्त कार्य सुरु गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले काम अगाडि नबढाए कारबाहीका लागि सिफारिस गर्न भनेका थिए । 

Global Ime bank

मुख्यमन्त्री भट्टको निर्देशनपछि अहिले जिल्ला प्रशासन कार्यालयले जिल्लामा काम सम्पन्न नभएका तथा सम्झौता भएको लामो समयसम्म पनि काम सुरु नगरेका ठेक्का तथा ठेक्का सम्झौता गर्ने निर्माण कम्पनीको तत्थ्याङ्‍क सङ्कलन कार्य अगाडि बढाइएको छ । ठेकेदारको लापरबाहीका कारण जिल्लामा एक दर्जन बढी योजना अल्पत्रमा परेको बताइएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC