site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विराटनगर कांग्रेसको माग- निजीमा उपचार गर्ने संक्रमितलाई निःशुल्क रेम्डेसिभिर उपलब्ध गराऊ
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना संक्रमितलाई निजी अस्पतालमा उपचार गर्न भर्नापूर्व नै लिइने शुल्क महँगो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले आईसीयू र भेन्टिलेटरमा पुग्‍ने बिरामीलाई चलाइने रेम्डेसिभिर नामक औषधि सरकारले निःशुल्क रुपमा प्राप्त गर्ने गरेकाले त्यसलाई निजी अस्पतालहरु उपचार गर्ने बिरामीलाई समेत निःशुल्क दिन माग गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरमा आज गरिएको पत्रकार सम्मेलनमा विराटनगर कांग्रेसका कार्यवाहक सभापति अरुण न्यौपानेले आईसीयू र भेन्टिलेटरको सुविधा भएका अस्पतालको शुल्क थेगिनसक्नुको भएको बताउँदै भने, “सरकारले निःशुल्क उपचार गराउन नसके पनि निजी अस्पतालमा जाने बिरामीका आफन्तले धान्‍न सक्ने शुल्क तोकिनुपर्छ ।” आईसीयूमै दैनिक ३५ हजार रुपैयाँ र भेन्टिलेटर शुल्क ५० हजार रुपैयाँ तिर्न सर्वसाधारणलाई निकै कठिन भएको न्यौपानेको भनाइ छ ।

सरकारले निःशुल्क उपचार गर्न नसके पनि अति आवश्यक पर्ने औषधि जस्तै रेम्डेसिभिरको सहज रुपमा उपलब्ध गराउनुपर्छ । यो परीक्षणको औषधि भए पनि अहिले एक भाइलकै २० हजार रुपैयाँसम्म कालोबजारी भइरहेको उनको भनाइ छ । 

Global Ime bank

कांग्रेस सचिव प्रकाश दाहालले कोरोनाको बढ्दो संक्रमणका कारण विराटनगरमै सर्वसाधारणलाई सरकारी अस्पतालमा उपचार सेवा पाउन कठिन भएको बताए ।  उनले भने, “सरकारीमा जाउँ ठाउँ छैन निजीमा जाउँ शुल्क धान्न सकिँदैन । कसरी रोगबाट बच्ने अनि उपचार लिने भन्नेमा जनतालाई त्राहीमाम भएको छ ।” 

विराटनगरका कांग्रेसका कार्यवाहक सभापति न्यौपाने र सचिव दाहालले जारी गरेको विज्ञप्तिमा अस्पताल भर्ना हुने बेलामा बिरामीसँग एडभान्स माग गर्ने अस्पताललाई कारबाही गर्न, निजी अस्पताल र मेडिकल कलेजले लिने शुल्क हटाउन र कोभिड १९ का बिरामीको उपचारमा भइरहेको लापरबाहीको विषयमा सर्वसाधारणबाट समेत गुनासो आउन थालेकाले सरकारले निजी अस्पताल तथा मेडिकल कलेजको अनुगमन गर्न माग गरिएको छ । 

क्याप्सन :
विराटनगरमा नेपाली कांग्रेस विराटनगर समितिले गरेको पत्रकार सम्मेलनका सहभागी ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC