site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बीबीएलमा सन्दीपको टिम परिवर्तन हुने संकेत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पछिल्लो समय विश्‍व क्रिकेटमा चर्चामा रहेका युवा खेलाडी हुन् । उनले विश्‍वस्तरमा रहेका धेरै डोमेस्टिक लिगहरुमा खेलिसकेका छन् ।

पछिल्लो समय इन्डियन प्रिमियर लिगका लागि भारतमा रहेका सन्दीप यो सिजन भने लिगमा हालसम्म खेल्न पाएका छैनन् । आईपीएको पहिलो सिजनमा खेलेका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप दोस्रो सिजनमा पनि केही खेलमा खेल्ने अवसर पाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर यो सिजन उनले खेल्ने अवसर पाएका छैनन् । क्यरेबियन प्रिमियर लिग (सीपीएल) खेलेर फर्केका सन्दीप आईपीएलमा भने मौका पाउन सकेनन् । सन्दीप आईपीएल लगत्तै डिसेम्बरमा अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्‌वान्टी क्रिकेट खेल्न जाने तयारीमा छन् ।

अघिल्ला दुई सिजनमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप यो सिजन पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनमा छन् । सन्दीप पछिल्ला दुई सिजनमा मेलबर्न स्टार्सबाट लिग खेल्दै आइरहेका छन् । मेलबर्न स्टार्स गत सिजनको उप-विजेता टोली पनि हो । 

Global Ime bank

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको केही समय लगाएर क्रिकेट अस्ट्रेलियाले दुई महिना चल्ने बीबीएलको मिति घोषणा गरिसकेको छ । डिसेम्बरबाट सुरु हुने लिगका लागि विश्‍व स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरुले सहभागिता जनाउनेछन् । जसमध्ये सन्दीप पनि एक हुन् । सन्दीपले मेलबर्नका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । 

मेलबर्नलगायत अन्य टोलीले पनि सन्दीपप्रति चासो देखाएका छन् । सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले यो सिजन सन्दीपका लागि अन्य टोलीले पनि चासो देखाएको बताएका छन् । उनले सन्दीपले यो सिजन कुन टोलीबाट खेल्ने भन्‍ने अझै टुङ्‍गो नलागेकाले केही समयपछि मात्र टिमबारे थाहा हुने बाह्रखरीलाई भने ।

“सन्दीपले यो सिजन बीबीएलमा खेल्ने टोलीको हालसम्म टुङ्‍गो लागेको छैन् । केही दिनमा टिमबारे थाहा हुनेछ । सन्दीपलाई मेलबर्न स्टार्सलगायत धेरै टोलीले टिममा भित्र्याउने चासो देखाएका छन्,” उनले भने । 

नयाँ संस्करणको बीबीएल डिसेम्बर ४ बाट सुरु हुने छ । बीबीएलको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ । सन्दीपले बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिन सफल छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC