site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फ्रन्टलाइनमा खटिएका ११ हजार ८ सय सुरक्षाकर्मीमा कोरोना
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना महामारीविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका ११ हजार आठ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ११ हजार ८ सय बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमा नेपाल प्रहरीका सबैभन्दा बढी छन् । हालसम्म प्रहरीमा ६ हजार १४ जनालाई संक्रमण भएको छ भने ४७ सय ८३ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयमा ४२३ जना, उपत्यकामा २४५ जना, प्रदेश १ मा १०८ जना, प्रदेश २ मा १२ जना, वाग्मती प्रदेशमा ७२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बीनी प्रदेशमा ११३ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३८ जना छन् ।

Agni Group

प्रहरीपछि सेनामा संक्रमितको संख्या बढी छ । सेनामा हालसम्म ४ हजार १ सय ६ जनालाई कोरोना संक्रमण भएकामा २ हजार ५ सय १२ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणकै कारण सेनाका २ जनाको मृत्यु भएको छ ।

यस्तै सशस्त्र प्रहरी बलका १६ सय ९१ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १३ सय ९१ जना डिस्चार्ज भइसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC