बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग मायालाग्दा जिज्ञासा कृष्ण शर्मा
NMB Bank
NMB Bank
बाह्रखरी - बिहिबार, कात्तिक १३, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

कोभिड  – १९ ले हाम्रो सामाजिक जीवन पद्धतिलाई यसरी अस्तव्यस्त पार्दा पनि म त्यही काठेपहियावाला बयल गाडामा बसेर आफ्नो सानो दुनियाँ सयर गर्दै छु । म अनावश्यक चिन्ता गरेर बाँकी जीवनलाई नकारात्मकताले भर्ने पक्षमा छैन । गाैँथलीका बथान मेरो टाउको नजिकैबाट उँड्दा म खुसीले किन नहुनु ? दुई जोडी परेवा आएर निसंकोच बयलका सिँगमा बस्दा मेरो मन शान्तिले तालको पानी जस्तै शितल नभए के हुनु त ? गाउँका साना बालबालिका गुडिरहेको बयल गाडामा तँछाड्मछाड गर्दै पछाडिबाट चढ्ने असफल प्रयास गर्दा मैले गाडा रोकेर उनीहरुलाई नचढाए कस्लाई चढाउनु? चिसो बतासले लजालु प्रेमिकाले जस्तै कानैमा साउती मार्दा नमुस्कुराए कहिले मुस्कुराउनु? बादलहरु मेरा आँखासँग नाच्दा म खुसीले नउफ्रिए कहिले उफ्रिनु ? खेतभर फक्रन लागेका तोरीका फूलले चारैतिर झुलेर माहुरीलाई बोलाइरहँदा दंग नपरे कहिले पर्नु ? आकाशबाट बर्सने पानीका थोपाले मेरो टाउकोमा मादल बजाउँदा ननाचे कहिले नाच्नु? टाढा कतै धान कुटिरहेको पानी मिलले म गुन्गुनाइरहेको गीतमा सँगीत भर्दा ओठ नखोले कहिले खोल्नु? हृदयमा हरि छन् भने भजनमा मगन मस्त नभए के हुनु?

कठै ! यस्ता खुसीहरु स्थायी हुँदैनन् । सायद, हुनु पनि हुन्न । खुसी स्थायी भएजस्तो ठान्ने केही मान्छेले धरातलमात्र होइन भगवान नै बिर्सेका दृष्टान्त हामी माझ छन् नि त !  

दसैँभन्दा दुई दिनअघिको कुरा हो । साहुको खलियानमा सामान झारेपछि त्यस दिन म एक्लै बयलगाडामा फर्कँदैथिएँ । हृदयमा सधैँजस्तो हरि नै थिए । आफ्नै जीवनको सँगीतमा मस्त म बन्द आँखाबीच गीतको तालमा गुन्गुनाउँदै घर जाँदै थिएँ । अचानक पहियाका पाँच पाइहरुलाई एक साथमा बाँधेर राख्ने फलामको पातो फुस्कियो । चक्का एकातिर, फलामको पातो अर्कोतिर । फसाद भयो । बयलहरुलाई नजिकैको काठको एउटा ठुटोमा बाँधेर म भर्खरै उत्पन्न परिस्थितिलाई ट्वाल्ल परेर हेर्छु । गोबरका गुइँठा बटुलेर त्यो फलामको पातोलाई रातो नहुन्जेल तताएर चक्रमाथि चढाउनु छ । साँझ पर्न केही बेरमात्र बाँकी छ । म यत्रतत्र दाउरा, गुइँठा खोजिरहेछु तर चाहिने जति भेट्न सकिरहेको छैन । मलाइ थाहा छ रात नपर्दै घर नपुगेमा अर्धांगिणी चिन्तित हुनेछिन् । बालबच्चाहरुले उनलाई म कहाँ छु भनी सोध्ने छन् । उनी मूलबाटोमा आँखा बिच्छ्याएर बालबच्चाले खोजेको प्रश्नको उत्तर भेट्टाउने असफल प्रयास गर्नेछिन् । मसँग आज तार नभएको हाते फोन छैन । मेरो घरतिर जाने गरी बटुवाहरु पनि आएका छैनन् ।

Global bank

Agani Group

यत्तिकैमा म बयलहरु भोकाए होलान् भनी चिन्तित हुन्छु । म आफू पनि भोको र थकित महसुस गर्छु । यात्रा लामो भए पनि तिनका लागि खानेकुराको जोहो नगरेकोमा पछुतो लाग्यो । बयल पनि थाकेको हुनुपर्छ । त्यसैले भुईँमा थचक्क बसेर खुट्टालाई आराम दिइरहेका छन् । ती बयलहरुलाई छिटै आफ्नो गोठमा जान पाए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैनहोला? म सोच्न थाल्छु । के तिनलाई थाहा छ होला भर्खरै म कुन समस्यामा परेको छु भनेर? फलामको पातो चक्कामा नचढाई कसरी यात्रा फेरि सुरु गरुँ ? पाइपाइका टुक्रा जोडिएर बनेको चक्का फलामको पातोविना लामो यात्रा गर्न सक्दैन । घर नपुग्दैबीच बाटोमै चक्का नै टुक्रियो भने मर्मत गर्न धेरै खर्च पो लाग्छ त ...! म किंकर्तव्य भएर धेरैबेर बस्छु ।

अलिक पर सिसौका रुखका हाँगा हुँदै घाम भुइँमा ओर्लन लागेको देखेपछि मन आत्तिन थाल्छ । अन्ततः म निष्कर्षमा पुग्छु । बयलगाडालाई बाटो छेउमा राखेर म बयलहरुलाई डोर्याउँदै घर फर्कन्छु । 

sarbottam cement

बाटो सुनसान छ । हिँड्दै गर्दा मेरो कानमा एउटा प्रश्न आएर ठोकिन्छ, “तिमी को हौ ? “

म रोकिन्छु र चारैतिर हेर्छु । कोही देख्दिन । “कस्ले होला मलाई म को हुं भनेर सोधेको?“ म गोधुली अँध्यारोमा गम खान्छु ।

मैले केही पाइला अगाडि सारेको मात्र के थिएँ फेरि त्यही प्रश्न दोहोरिन्छ । म फेरि रोकिन्छु । बयलहरु पनि मेरो पछाडि यन्त्रवत रोकिन्छन् । म अचम्ममा पर्छु ।

कतै बयलहरुले त सोधेका हैनन् ? म आफ्नै मूर्खतामा फिस्स हाँस्छु र फेरि पाइला चाल्छु । बयलहरु मेरो पछिपछि पाइला चाल्छन । मेरा दुवै काँधमा ती बयललाई डोर्याउने डोरी छन् । केही समयअगाडि गाडामा नारिएका ती बयलले मलगायत सिँगो गाडालाई घिसारिरहेका थिए । अहिले म उनीहरुलाई तानिरहेको छु । के बयलहरु मलाई आफ्नो भूमिकामा देख्दा खुसी छन् होला ? म फेरि रोकिन्छु र पछाडि फर्केर उनीहरुलाई हेर्छु । उनीहरु निस्पृह भएर टक्क उभिएको देख्छु । म दोहोरिँदै आइरहेका मूर्खतापूर्ण सोचाइहरुप्रति दिक्क हुँदै फेरि अगाडि बढ्छु । 

एत्तिकैमा मेरो ध्यान अलिक एकत्रित भएको महसुस हुन्छ । मलाई लाग्न थाल्छ अघिको त्यो प्रश्न म भित्रैबाट आएको थियो र त्यसले मेरो शरीरलाइ जबाफको लागि झक्झकाएको थियो । 

के म र मेरो शरीर फरक कुरा हौँ ? म फेरि आफैँभित्रबाट आएको प्रश्नले अल्झिन्छु ।

म यी सोचहरुबाट संचालित छु या सोचहरु मबाट प्रवाहित हुन्छन् ? के म एक आत्मा हुँ जसले शरीरको रुप धारण गरेर अस्तित्वमा आफूलाई प्रदर्शित गरेको छ?

“मेरो शरीर र मेरा सोचहरु मसँग किन पहिलेदेखि नै परिचित छैनन् ? किन यी दुईबीच नाता सम्बन्ध कायम नभएको हो ? किन शरीरले मसँग त्यसरी नै कुरा गर्दैन जसरी म ऊसँग कुरा गर्छु? के  शरीर र सोच मेरा माध्यममात्र हुन् ? मैले शरीर र सोच दुवै बदलिएको देखेको छु । सानै हुँदाको शरीर र त्यस बेलाको सोचदेखि अहिलेसम्म बदलिएको शरीर र सोचको ‘मेमोरी किपर’को रुपमा म सधैँ जस्ताको तस्तै बसेको छु । एक दिन शरीर बूढो हुनेछ र सोच शून्य हुनेछ । र अनायास शरीरबाट श्वास बाहिर निस्केपछि फेरि भित्र जाने छैन । मैले शरीर जलेको वा गाडिएको देख्नु पर्नेछ । जल्यो भने मासु जलेको गन्ध छोड्दै ह्ल्का निलो भरिएको धुवाँ मेरो नजिक हुँंदै माथि माथि उडेर आकाशमा बिलाउनेछ । गाडियो भने त्यस्को केही सातापछि त्यहाँ दुबो वा अरू कुनै झार वा रूख मौलाउँदै हुर्कनेछ ।  त्यस्पछि मेरो के हुन्छ? मैले के गर्छु? मलाई नै थाहा छैन । के म यहीँ रहनेछु? के म अमर छु? कि म अर्कै शरीरमा छिर्छु? या म शरीरसँगै जान्छु? या म शून्यमा बिलाउँछु? “ 
यत्तिकैमा म घर पुग्छु ।

उनले सोध्छिन् — “गाडा हिलोमा फसेको हो?“ 

“हैन । ... पहियाको पातो फुस्कियो । भोलि गुइँठा बटुलेर पातो चढाएपछि ल्याउनु पर्ला ।“

बच्चाहरु सुतिसकेका हुन्छन् । उनी र म बत्तीको मधुरो प्रकाशमा भान्छाभित्र खाना खान्छौं । शयन कक्षमा अँध्यारोले आफ्नो कम्बल ओढेपछि मैले उनको शिरका केशहरुमा आफ्ना औँला घुसार्दै सोध्छु — “तिमीले आफूसँगै मात्र कहिल्यै कुरा गरेकी छ्यौ?“

“कत्ति ... कति... । किन र?“

मलाइ सोध्न मन लाग्छ “के कुरा गर्छेऊ त?“ तर म निःशब्द पल्टिरहन्छु । शब्द मभित्रै खेलिरहन्छन ।

पशुपतिको ठूलो घन्टको आवाजले नजिकका साना कीराफट्यांग्राका आवाज हराइदिएजस्तै मेरो आवाज हराएको महसुस गर्छु म ।

म अँध्यारोमै पनि टोलाइरहेको छु भन्ने महसुस उनलाई भयो क्यारे सोधिन् — “ के भयो?“

उनको मायालाग्दो जिज्ञासालाइ मैले यसै टार्ने कोसिस गर्छु — “केही भएको छैन ।“

उनले आफनो शिर मेरो सानो छातीमा ल्याएर लुकाइन् ।

मलाई अनुमान थियो उनी आश्वस्त हुन सकेकी थिइनन् मेरो जवाफप्रति । के उनीभित्र पनि मभित्र जस्तै अँध्यारोमा आँधी चलिरहेको थियो? नबोलेरै पनि केही कुरा भइरहे हामीबीच । हामी निदाएपछि बाहिर पानि परेछ । बिहान आँखा खुल्दा शरीर शान्त थियो र मन पनि शान्त थियो ।

Nepal Investment bank
Nepal Investment bank
बिहिबार, कात्तिक १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्