site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
खुवाको आत्मकथा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेरो नाम सुन्दैमा मान्छेको मुख रसिलो भएर आउँछ । सायद यतिबेला तपाईं पनि यहीं कल्पना गर्दै हुनुहुन्छ । नेपाली परिकारमा मलाई मिठाईको उपमाका रुपमा लिइन्छ । देख्दा म जति स्वादिलो देखिन्छु त्यतिकै पौष्टिक पनि छु ।

शरद ऋतुसँगै नेपाली समाजमा चाडबाड पल्लवित हुन थाल्छन् । यस समयमा मलाई ज्यादा याद गर्ने गर्छन्, मानिसहरु । चाडबाडमा मलाई धेरै नै खोज्‍ने गरेको मेरा निर्माताहरुको अनुभव छ । तपाईंमध्ये धेरैले मेरो स्वाद त कैयन्‌पटक चाख्नुभएको छ होला तर मेरो बनोट प्रक्रियाको अनुभव थोरैले मात्र सँगाल्न भ्याएका छन् । त्यसैले आज मेरो जीवनको आत्मकथा बताउँदै छु ।

मलाई बनाउनमा धेरै मिहिनेत लाग्दैन । परिमाणअनुसार आधा घण्टाभन्दा कम समयमा मलाई तयार पार्न सक्नुहुनेछ । जान्नेहरुका लागि मेरो बन्ने प्रक्रिया सरल छ तर नयाँका लागि भने उत्तिकै कठिन छ । लामो समयको सीप र अनुभवले मात्र मलाई तयार पार्न सक्नुहुनेछ । मलाई तयार पार्दा तपाईंबाट अलिकति पनि चुक भएमा परिणाम अर्कै निस्कन पनि सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मेरो जीवनचक्र दूधका रुपमा प्रारम्भ हुन्छ । दूधलाई फलामे कराहीमा राखेर निरन्तर आगोले सेकेपछि मेरो बन्ने प्रक्रिया पूर्ण हुन्छ । यद्यपि दूधलाई आगोमा बसाल्दैमा मेरो बनोट पूर्ण हुँदैन । जति-जति चुलोमामा आगो दन्किँदै जान्छ उति उति म जवान हुँदै जान्छु । मेरो जवानी छछल्किन थालेपछि मेरा निर्माता सजग भएर मलाई बिस्तारै चलाउँछन् । म परिपक्‍व हुँदै जान्छु । मेरा निमार्तालाई मेरो परिपक्‍वतामा विश्‍वास लागेपछि आगो कम गर्छन् । राप ज्यादा भए मेरो स्वरुप डढ्छ भन्‍नेमा उनीहरु पूर्ण सचेत जो रहन्छन् ।

चुलोमा आगो मथ्थर भएसँगै म पनि शान्त हुँदै जान्छु र आफ्नो स्वरुप परिवर्तन गर्दै एक ढिक्कामा परिणत हुन्छु । यस प्रक्रियालाई मान्छेहरु ‘खुवा घोट्ने’ भनेर उच्चारण गर्छन् । मेरो बनोट चरण समाप्त हुन थोरै समय अरु लाग्छ ।

Global Ime bank

चुलोमा पिल्सिएको मलाई शान्त पार्न खुला हावाको स्पर्श चाहिन्छ । तपाईं मलाई आफूले चाहेको आकार दिएर छायामा राख्‍न सक्नुहुनेछ । यहाँनेर अलिक चनाखो हुनुहोस् है तपाईंले जत्तिकै प्रेम मलाई कुकुर र बिरालोले पनि गर्छन् । कतै तपाईंभन्दा अगावै उनीहरु मसमक्ष आफ्नो प्रेम प्रस्ताव लिएर आउलान् र म उनीहरुलाई रोक्न नसकुँला ।

 

 

अन्यत्रसँगै काठमाडौं उपत्यकामा मेरा पारखी धेरै भेटिन्छन् । त्यसैले उपत्यकाको काँठ क्षेत्र मेरो जन्मघर होभन्दा अनर्थ नलाग्दा । 

मेरा जीवनदातामध्येका एक हुन् दक्षिणी ललितपुरका सुदामा सापकोटा । उनले मलाई जीवन थालेको करिब पाँच वर्ष बित्यो । सुदामाले आफूसँगै अन्य २२ जनाको दूध लिएर हरेक दिन मलाई एक नयाँ जीवन प्रदान गर्ने प्रयत्न गर्छन् ।

सापकोटा दैनिक बिहान ५ बजे उठ्छन् र मेरो निर्माणमा जुटिहाल्छन् । मेरो निर्माणमा, उनी दैनिक १२० लिटरभन्दा धेरै दूधको उपयोग गर्दै आएका छन् । सुदामासँगै उनकी श्रीमती गीताको पनि मप्रतिको लगावउत्तिकै सराहनीय छ । आफ्ना सन्तानलाई स्याहार गरेभन्दा ज्यादा उनी मेरो शृंगारमा व्यस्त रहन्छिन् । मलाई अन्माउनुअघि मेरो बनोट तौल सही भए नभएको राम्रो ख्याल गर्छिन् ।

सुदामाले मलाई खुवा रुपको जीवन दिएपछि उनको कर्म सकिन्छ । त्यसपछि मेरो अर्को यात्रा आरम्भ हुन्छ, उपत्यकाका विभिन्‍न व्यावसायिक घरहरुको । ललितपुरको चापागाउँ तथा काभ्रे बनेपासम्मका व्यापारीहरु मलाई भित्र्याउन पुग्छन् । 

व्यापारीहरुले दिएको नवस्वरुपमा खरिदकर्ताहरु मेरो चुम्बकीय आकर्षणको परिबन्धमा पर्छन् । मेरा पारखीहरुको दृष्टिमा म परिहालेछु भने मेरो जीवनको अर्को अध्याय या भनौं अन्तिम यात्रा सकिन्छ । त्यसपछि म उनीहरुको जिब्रोसँग लडिबुडी खेल्दै मस्तिकमा सम्झना बनेर रहन पुग्छु । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC