site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना संक्रमणपछि शरीरमा उत्पादन हुने एन्टिबडिज लामो समयसम्म रहँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड-१९ बाट संक्रमित भइसकेपछि शरीरमा उत्पादन हुने त्यसविरुद्धको एन्टिबडिज लामो समयसम्म नरहने र इम्युनिटी फेरि घट्दै जाने बुधबार प्रकाशित नयाँ शोध (रिसर्च) मा जनाइएको छ । त्यसैले संक्रमणपछि पनि हामी धेरै लामो समयसम्म सुरक्षित रहन नसक्ने हुँदा पुनः संक्रमणको जोखिम बढ्न सक्ने बताइएको छ ।

यसका लागि इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरुले मार्च र अप्रिलमा पहिलो लहरको कोरोना महामारीबाट संक्रमित जनसङ्ख्यामा एन्टिबडिजको स्तर परीक्षण गरेका थिए । तर उनीहरुको शरीरमा एन्टिबडिजको उत्पादन जुनमा ६ प्रतिशतबाट सेप्टेम्बरसम्म आइपुग्दा ४.४ प्रतिशतले कम भइसकेको पाइएको हो । यस्तोमा पहिलो लहरको भाइरसबाट गुज्रिसकेकाहरुको इम्युनिटी दोस्रो लहर आउँदासम्म कम हुने स्पष्ट भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसविरुद्धको इम्युनिटीलाई अत्यन्तै जटिल विषय मानिँदै आएको छ । कोभिडसम्बन्धी विभिन्‍न अध्ययनहरु र अनुभव हेर्दा शरीरमा टी-सेल्स र बी-सेल्सको मद्दतले उत्पादन हुने यसविरुद्धको एन्टिबडिजले यसअघि सोचेजति लामो समय इम्युनिटी दिन नसक्ने उनीहरुले पत्ता लगाएका हुन् ।

इम्पेरियल कलेज लन्डनको संक्रमण रोग विभागकी प्रमुख वेन्डी बारक्लेले भनेकी छन्, “हामीसँग प्राप्त प्रमाणअनुसार संक्रमणपछि बिरामीको शरीरमा उत्पादन हुने एन्टिबडिज समयसँगै घट्दै गइरहेको छ । र यो जुन स्तरमा घट्दै छ त्यही मात्रामा इम्युनिटी पनि जनसङ्ख्यात्मक स्तरमै कम हुँदै गइरहेको यसले संकेत दिएको छ । ”

Global Ime bank

यसमा स्वास्थ्यकर्मीहरुमा चाहिँ एन्टिबडिजको स्तरमा कुनै घटबढ देखिएन किनकि उनीहरु लगातार भाइरससँग सम्पर्कमा आइरहेका हुन्छन् तर लक्षणबिनाका र अन्य बिरामीहरुको तुलना गर्दा तिनको शरीरले बिस्तारै एन्टिबडिजको उत्पादन घट्दै जाने गरेको पाइएको हो । -रोयटर्स 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC