site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘खुर्पेटो’को विशेष भूमिकामा मुना
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । मगर कथानक नेपाली चलचित्र ‘खुर्पेटो’को प्रदर्शनमा आउने भएको छ । मगर जातिको पहिचान मानिएको ‘खुर्पेटो’लाई मुख्य विषयबस्तु बनाइएको चलचित्र ‘खुर्पेटो’ केही दिन अघि मात्रै छायांकन सकिएको छ । चलचित्र प्रेम कथामा आधारित छ । 
राजेन्द्र आले (तुल) ले निर्माण गरेको चलचित्र ‘खुर्पेटो’को परिकल्पनाकार भिम राना हुन् । ‘खुर्पेटो’ विकास मगरको लेखन तथा निर्देशनमा बनेको चलचित्र हो । 
‘खुर्पेटो’ को अर्को फरक पक्ष भनेको लोकदोहोरी गायीका मुना थापामगर विशेष भुमिका हो । आफ्ना गीतमा मोडलिङ समेत नगर्ने मुना ‘खुर्पेटो’ मा भने विशेष भूमिकामा छिन् । ठूलो पर्दामा उनी पहिलो पटक देखिन लागेकी हुन् । 
मुनासँगै फिल्ममा सुजन थापा, विना थापा, शोभा आले, बबिता आले, टिका आले, राजन थापा, सल्मा पुन, सम्झना आले, विष्णु आले, भिम आले, आभाष आले र सरु आलेको अभिनय छ ।
प्रथम सहिद लखन थापामगरको जन्मथलो गोर्खाको बुङ्कोट काहुले भङ्गरा, मनकामना मन्दिर तथा गोर्खा बजारलगायतका ठाउँमा छायांकन गरिएको छ । 
राहुल राईले खिचेको ‘खुर्पेटो’मा चित्र मास्कीको कोरियोग्राफी छ । अहिले चलचित्रको  सम्पादन कार्य अन्तिम चरणमा रहेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC