site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 बेका सम्झौतापछि अमेरिकाले भन्यो - चीनविरुद्ध भारतसँगै उभिन्छौं 
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । भारत र अमेरिकाबीच मंगलबार नयाँ दिल्लीस्थिति हैदरावाद हाउसमा २-२ मन्त्रीस्तरीय बैठक भएको छ । उक्त बैठकपछि दैबै मुलुकले बेसिक एक्सचेन्ज एन्ड कोअर्पेरसन एग्रिमेन्ट (बेका) सम्झौतामा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुसार दुबै मुलुकले एकअर्कालाई अत्याधुनिक सैन्य प्रविधि, स्याटेलाइट तस्बिरहरु साझा गर्नेलगायतका सम्झौता भएको छ । बेका सम्झौतामा भारतकातर्फबाट एडिसनल सेक्रेटरी जीवेश नन्दले हस्ताक्षर गरेका छन् । 

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह र अमेरिकाकातर्फबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क इस्पर सहभागी थिए । दुबै मुलुकले दुई देशबीचको व्यापार, हिन्द प्रशान्त महासागर क्षेत्रको सुरक्षा, सामरिक र रणनीतिक सहयोगका विषयमा पनि छलफल भएको छ । 

Agni Group

बैठकपछि अमेरिकी रक्षामन्त्री मार्क इस्परले भने, "दुबै देशबीच कएको रक्षा सम्झौताले दुबै मुलुकको साझा मूल्य र हितमा आधारित छ । सबैका लागि खुला र स्वतन्त्र इन्डो-प्यासिफिक क्षेत्रका लागि हामी काँधमा काँध किलाएर उभिनेछौं । विशेषगरी चीनको बढ्दो आक्रमकता र अस्थिरता निम्त्याउने गतिविधिलाई मध्यनजर गर्दै हामी भारतसँगे उभिने छौं ।"

बैठकपछि एक संयुक्त वक्तव्य जारी गर्दै दुबै देशले एकअर्कालाई सहयोग गर्ने संकल्प गरेका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने, "चीनको कम्युनिस्ट पार्टी लोकतन्त्र, कानुनी मापदण्डलाई खतरा रहेको छ ।"

Global Ime bank

त्यसैगरी भारतीय रक्षामन्त्री राजनाथ सिंहले बेका सम्झौता महत्वपूर्ण कडी भएको बताउँदै भने, "हामीबीच महत्वपूर्ण मुद्दामा बातचित भएको छ । अमेरिकासँग हाम्रो सैन्य सहयोग निकै राम्रो तरिकाले अघि बढिरहेको छ । हामीले रक्षा उपकरणको संयुक्त विकासको परियोजनाका लागि छलफल गरेका छौं ।"

 भारत र अमेरिकाले 'स्याटेलाइट डाटा प्याक्ट' मा हस्ताक्षर गर्ने 

भारतीय रक्षामन्त्री एस जयशंकरले भने, "यस बैठकका क्रममा हामीबीच छिमेकी मुलुकहरुमा भइरहेका गतिविधिका विषयमा पनि छलफल भएको छ । हामीले सीमापार आतंकवाद गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने विषयमा छलफल गरेका छन् ।" 

आगामी महिना भारत र अमेरिकासहित जापान र अस्ट्रेलियाले 'मालाबार एक्सरसाइज' गर्ने भएका छन् । यसअघि चारै मुलुकका विदेशमन्त्रीहरु जापाना भेट भएका थिए । उक्त भेटमा चीनको आक्रमकताविरुद्ध लाग्‍ने सहमति भएको थियो । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC