site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सरकार खोज्दै सिरानघरे कान्छाहरू !

कोभिड —१९ले आक्रान्त परिवेशमा रुमल्लिइरहेको बेला एक जना परिचित दिदीको फोन आयो । उनले भनिन् — ‘‘तिमीले थाहा पायौ ? सिरानघरे कान्छालाई त कोरोना लागेछ नि ! बिचल्ली पो हुने भयो त ।’’ सुनेपछि म नराम्ररी झस्किएँ । उनीसँगको सम्पर्क विच्छेदपछि पनि कानमा त्यही भनाइ गुञ्जिरह्यो । आखिर किन ? के कोरोना सिरानघरे कान्छालाई मात्र लागेको हो र ? होइन, अहिले परीक्षण गरिएकामध्ये दैनिक सरदर तीनचार हजार जनामा कोरोना संक्रमण भएको पुष्टि सरकारले नै गरिरहेको छ । तैपनि, उसलाई कोरोना संक्रमण भएको खबरले म किन बिचलित भइरहेकी छु ? यसको जबाफ खोज्दै म हाम्रो सरकारको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिहरूमा पुग्छु ।  

केही समयअघि ‘बेहोस हुने अवस्था आएपछि मात्र अस्पताल जानू’ भन्ने उर्दी जारी गरेको हाम्रो सरकारले अहिले भने संक्रमितहरूको उपचार र खानपानको खर्च ऊ स्वयम्ले बेहोर्नुपर्ने तथा ‘होम आइसोलेसन’मा रहँदा मृत्यु भएका संक्रमितहरूको शव व्यवस्थापन पनि परिवारले नै गर्नुपर्ने उद्घोष गरेको छ । धन्य ! कम्युनिस्टहरूको जनमुखी सरकार ! सरकारको यही उद्घोष नै सिरानघरे कान्छाको जीवनरक्षाको बाधक बनेर मजस्ता नागरिकको मुटुमा चस्को बनिरहेको छ । विपन्न वर्गको ऊ दैनिक ज्यालादारी गर्ने डकर्मी हो । सहर पसेर पसिना बेच्न सकेमा बिहानबेलुकाको छाक टारिएला भन्दै आएको उसलाई उसकी जहानले पनि सँगै मजदुरी गरेर सघाउँथी तर अहिले त ऊ पनि दुई महिनाकी सुत्केरी छ ।

एकचोटि सिरानघरे कान्छा निमोनियाले नराम्ररी थलिएको बेला भेट्न जाँदा देखेको उसको परिवेश आँखा वरिपरि घुम्न थाल्छ । एउटा सानो कोठा, घाम र हावा दुवैको अभावले चिसो भइरहने । साना केटाकेटीसहित चार जनाको परिवारको खानेबस्ने सबै त्यही । पानीको चरम अभाव भएको एउटा साझा शौचालय छ । अब कसरी बस्ला ऊ ‘होम आइसोलेसन’ ?

Agni Group

अस्पताल जाओस् खर्च भर्ने सामथ्र्य छैन । अब उसकी जहान अनि ती लालाबाला संक्रमणमुक्त रहन सक्लान् ? उसकी जहानसँग सुरक्षित भएर स्याहारसुसार गरी उसलाई निको बनाउने क्षमता छ ? पक्कै छैन । यस्तो अवस्थामा उसको जीवनरक्षाको दायित्व कसको हो ? सरकारको होइन ? असामान्य परिस्थितिमा आफ्ना नागरिकको जीवनरक्षाको दायित्व निर्वाह गर्न नसक्ने सरकारको औचित्य के ?

सिरानघरे कान्छामात्र कहाँ हो र ? कोभिडको पीडा पन्छ्याउनसक्ने अर्को वर्ग पनि छ । डेरा लिएर बसेको एकजना विद्यार्थी भाइ संक्रमित भएका थिए । धन्न, उनले अस्पतालमा निःशुल्क उपचार सुविधा पाएर निको त भए तर पनि उनी पीडामुक्त हुन भने सकेनन् । उनी संक्रमित भएको थाहा पाएपछि घरबेटीले आपूmलाई चाहिएको भन्दै कोठा खाली गरिदिने खबर पठाए । अनि ऊ झिटीगुन्टा कसेर गाउँ फर्किए ।

Global Ime bank

विद्यार्थीका लागि भाडामा दिने प्रयोजनले निर्मित त्यस घरमा चारपाँच कोठाका लागि एउटामात्र शौचालय भएका कारण अन्य भाडावाला तथा घरबेटीको मिलेमतोमा ती भाइले डेरा छाडी जानुपरेको थियो । उनी त एक प्रतिनिधि पात्रमात्र हुन् । उनीजस्ता असंख्य विद्यार्थी तथा सामान्य आय हुने व्यक्तिहरू त्यस्तै साझा शौचालय, पानीको अभाव, घाम र हावा राम्ररी नछिर्ने साँघुरा कोठामा गुजारा गरिरहेका छन् । यस्तोमा कुनै एकजना संक्रमित हुने हो भने ऊ सुरक्षितरूपमा ‘आइसोलेसन’मा कसरी बस्न सक्छ ? उसको परिवारमात्र होइन अन्य व्यक्तिहरू पनि संक्रमित नभई रहन सक्लान् ? यसप्रकारको संभावित अनि सामूहिक विपद व्यवस्थापनको अभिभारा कस्को हो ? वर्तमानका यक्ष प्रश्नहरू हुन् यी !

यक्षका प्रश्नहरूको उत्तर नदिएर मूच्र्छित चार पाण्डवहरूजस्तै भएको छ अहिले हाम्रो सरकार । महामारीको यस्तो सङ्कटको घडीमा पनि नागरिकले सरकारको उपस्थितिबोध गर्न सकेका छैनन् ! सरकारको जिम्मेवार निकायका व्यक्तिहरू अहिलेको विषम परिस्थितिमा संवेदनहीनमात्र हैन अत्यन्त गैरजिम्मेवार पनि देखिएका छन् ।

अन्य मुलुकमा पैmलिँदै गरेको महामारीको संभावित आगमनबारे गम्भीर भएर बेलैमा त्यसका विरुद्ध रणनीति बनाउनतिर सरकारको ध्यानै गएन । त्यसो गरेको भए हामीले हालको दुरवस्था बेहोर्नुपर्ने थिएन । किनभने, हामीकहाँ यो महामारी तुलनात्मकरूपमा ढिलै पैmलिएको हो । हाम्रा प्रधानमन्त्री कहिले सूक्ष्मजीवविज्ञ बन्दै कोरोना भाइरसका विशेषता बताउन व्यस्त भए भने कहिले बेसारपानीको ‘प्रेस्क्रइब’ गर्न थाले ।

एकजनाले हालै सरकारको ‘घरेलु उपचार तथा जडीबुटी खाएर बस्नू तथा जटिल अवस्था नआएसम्म अस्पताल नजानू’ भन्ने उपदेश मानेर बसेका हुनाले आफ्नो दाजुले कोरोना संक्रमणमा उपयुक्त उपचार नपाएर मृत्युवरण गरेको मर्मस्पर्शी भाव फेसबुकमा पोस्ट गरेका थिए । उनको सो अभिव्यक्ति हृदयविदारक हुनाका साथै सरकारी निकायको संवेदनहीनताको पराकाष्टा पनि थियो । 

एकातिर महामारीको पीडा, अर्कातिर सरकारको संवेदनहीनताका कारण अहिले जनसाधारणमा आक्रोश बढ्दै गएको देखिन्छ । सरकार केका लागि ? हामीले पसिनाको कमाइबाट सरकारलाई कर किन तिर्ने ? मन्त्री, सांसद तथा अन्य नियुक्त भत्तावालाहरूलाई पाल्नका लागि मात्र हामीले कर तिरेको हो ? विपदको यस्तो घडीमा महामारीको उपचार पीडितले नै गर्नुपर्ने, भोकानाङ्गाहरूका लागि सहायता परोपकारी व्यक्तिहरूले नै बाँड्नुपर्ने भएपछि दैनिक प्रशासनमात्र चलाउन ८ सय ८४ जना सांसद र थुप्रै मन्त्री जनताले किन पाल्ने ?

संघीयताका नाममा थपिएको अतिरिक्त प्रशासनिक खर्च किन बहन गर्ने ? आदिइत्यादि प्रश्नहरू अहिले जनमानसमा उठिरहेछन् जसले भविष्यमा पुनः जनविद्रोह सिर्जना नगर्ला भन्न सकिँदैन । न नागरिकप्रतिको जबाफदेही न त दिनानुदिन बिग्रँदै गएको जनस्वास्थ्यप्रतिको संवेदनशीलता ! सरकारको यस्तो अकर्मण्यता देख्दो लाग्छ कतै सरकारी संयन्त्रहरू नै जनविद्रोहको संवाहक बन्ने त होइनन् ? कोरोना महामारीलाई थेग्न नसकेको सरकारले अबको जनविद्रोह थाम्न सक्ला ?

हाम्रोजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकका लागि महामारीसँग लड्नु सामान्य कुरा होइन तर यसो भनेर सरकारले उन्मुक्ति पाउँदैन । संविधानमा उल्लिखित स्वास्थ्यसम्बन्धी हक जनताले पाउनैपर्छ । फेरि हालको अवस्थामा न विकास निमार्णका योजना नै अघि बढेको देखिन्छ न त जनताको जीवनस्तर उकास्ने खालका कुनै कार्यक्रम नै आएका देखिन्छन् ! आखिर, कहाँ खर्चिन्छ त खर्बौंको बजेट ? यस्तो सङ्कटका बेलामा रकमान्तर गरेर भए पनि जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई केले छेकेको छ ?

बहुमतको सरकारले आफ्ना कार्यकर्तालाई पारिश्रमिक दिने निर्णय गर्न सक्छ, मन्त्रीसांसदलाई दसैं खर्च दिन सक्छ तर  महामारीका कारण अस्पतालको शय्यामा छट्पटाइरहेका सामान्य नागरिकको निःशुल्क उपचार गर्न किन सक्दैन ? मुलुकमा सरकारले अझै पनि आफ्नो उपस्थितिको दावा गर्छ भने उसले विपन्न वर्ग तथा ‘होम आइसोलेसन’मा बस्न नसक्नेहरूका लागि आवश्यक आइसोलेसन कक्ष, उपचार तथा क्वारेन्टाइनको उपयुक्त व्यवस्था गर्नैपर्छ । हरेक पालिकाका वडा जनप्रतिनिधिमार्फत्  विपन्न वर्ग पहिचान गर्न पनि त कठिन छैन । 

जे जसरी हुन्छ स्रोतसाधन जुटाएर आफ्ना नागरिकको जीवनरक्षा गर्नु नै अहिले सरकारको मुख्य दायित्व हो । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ सरकार साँच्चै नै संवेदनशील हुने हो भने र भ्रष्टाचार नगर्ने तथा कमिसन नखाने प्रणका साथ उभिने हो भने सरकारी कोषले नधानेको अवस्थामा निजी क्षेत्रले हात बाँधेर बस्नेछैन । यसका साथै हाम्रा विभिन्न मित्रराष्ट्रहरू पनि आर्थिक अभावले नेपालीहरू मर्दै गरेको टुलुटुलु हेरेर बसिरहने छैनन् । स्वदेश तथा विदेशबाट आर्थिक सहयोग अवश्य जुटाउन सकिन्छ । त्यसका लागि आवश्यकता छ त सरकारी संवेदनशीलता र जिम्मेवारीबोधको ! सरकारमात्र होइन अहिले प्रतिपक्षलगायत अन्य राजनीतिक दलहरू पनि जनताप्रतिको उत्तरदायित्वबाट चुकेका देखिन्छन् ।

उनीहरू यससम्बन्धमा न सरकारलाई दबाब दिन सक्षम देखिएका छन् न त आपसमा एकजुट भएर यस महामारीविरुद्ध लड्न नै तत्पर देखिन्छन् । त्यसैले अहिले राजनीतिक दलहरू जनताको नजरमा खिया लागेको हतियारजस्तै भएर जनविश्वास गुमाइरहेका छन् । सरकार तथा अन्य राजनीतिक दलहरूले समेत आफ्नो प्राथमिकता पहिचान नगर्ने र जनउत्तरदायी नबन्ने हो भने जनताले सिरानघरे कान्छाकै नियति झेल्नुपर्ने हो भने उनीहरूले पनि आपूmले तिरेको करबाट पालिएका हात्तीहरूलाई पुनः जङ्गलतिर धपाउन बेर मान्नेछैनन् ! किनभने हरेक विषम परिस्थिति नै परिवर्तनको संवाहक पनि बन्ने गर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC