site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पका वरिष्ठ सहयोगीले भने - अमेरिकाले महामारी नियन्त्रण गर्न सक्दैन 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पका एक वरिष्ठ सहयोगीले अमेरिकाले 'महामारीलाई नियन्त्रण गर्न नसक्ने' बताएका छन् । 

व्हाइट हाउसका चीन अफ स्टाफ मार्क मिडोज्‌ले कोभिड-१९ लाई  कम संक्रमित क्षेत्र पहिचान गरी खोप र उपचारजस्ता विधिले मात्रै परास्त गर्न सकिने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकामा राष्ट्रपति निर्वाचनको नौ दिनअघि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । 

अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक उमेदवार जो बाइडेनले ह्वाइट हाउसले 'पराजित भएको स्वीकार गर्दै आत्मसमर्पण गरेको' बताएका छन् ।  उनले व्हाइट हाउसका चीफ अफ स्टाफ मीडोज्‌को टिप्पणीले ट्रम्प प्रशासनले 'अमेरिकी जनतालाई जोगाउने आधारभूत कर्तव्य त्यागेको' देखाएकोसमेत बताएका छन् । 

Global Ime bank

सीएनएनसँगको अन्तर्वार्तामा मेडोज्‌ले कोरोना भाइरस नियन्त्रण गर्नु यथार्थपरक लक्ष्य नभएको बताउदै 'यो फ्लू जस्तै संक्रामक भाइरस भएको' टप्पणी गरेका थिए ।

 कोरोना महामारी सुरु भएदेखि हालसम्म दुई लाख २५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भइसकेको छ । यो संख्या विश्वको सबैभन्दा उच्च संक्रमणबाट हुने मृत्यु हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकाका शनिबार ८३ हजार ७१८ कोरोना संक्रमित देखिएका थिए भने शुक्रबार ८३ हजार ७५७ संक्रमित देखिएका थिए । यसअघि सबैभन्दा बढी जुलाई १६ मा ७७ हजार ३६२ कोरोना संक्रमित देखिएका थिए । 

अमेरिकामा हालमसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ८८ लाखभन्दा बढी रहेको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC