site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनको सिन्जियाङमा एकजनालाई कोरोना संक्रमण देखिएपछि ४७ लाखको परीक्षण गरिँदै 
Ghorahi CementGhorahi Cement

बेइजिङ । चीनको सिन्जियाङमा प्रान्तमा एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बृहत परीक्षण गरिने भएको छ । सिन्जियाङको काशगार सहरका विद्यालयहरू बन्द गराइएका छन् भने परीक्षण रिपोर्ट निगेटिभ नआएसम्म त्यहाँका बासिन्दालाई सहर नछोड्न आदेश दिइएको छ । 

सिन्जियाङको काशगार सहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला गरेका छन् । 

Agni Group

संक्रमण दर घटाउन समग्रमा चीन सफल देखिएको छ । तर संक्रमण फैलिने क्रम भने सुषुप्त रुपमा जारी नै छ । 

सिन्जियाङमा मूलतः मुस्लिम उइगर अल्पसङ्ख्यक बस्छन् जसलाई बेइजिङस्थित सरकारले उत्पीडन गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन् । 

Global Ime bank

काशगार सहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको संक्रमण देखिएको हो । 

चिनियाँ सरकारी सञ्‍चारमाध्यमका अनुसार 'नियमित परीक्षण'का क्रममा ती महिलामा संक्रमण भएको पाइएको हो ।  चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोना भाइरस संक्रमित परेका हुन् । 

ती महिलामा कोरोना देखिएपछि परीक्षण व्यापकरुपमा सुरु गरिएको हो ।  लक्षण नदेखिएका कोरोना संक्रमितलाई चीनमा आधिकारिक रूपमा संक्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन ।

कोरोना भाइरसबाट चीनमा हालसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC