site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बहुसंख्यक नेपाललीले मनाउने पर्व भएरै दसैँलाई राष्ट्रिय पर्व भनिएको हुनुपर्छ । हुन पनि दसैँजत्तिकै धेरैले मनाउने अर्को पर्व नेपाली समाजमा प्रचलित छैन । विश्वभरका नेपाली समुदायलाई जोड्ने अमूर्त बन्धन दसैँ पनि हो । यसैले महामारीमा समेत नेपालीहरू दसैँ मनाउन घर परिवार भएका ठाउँमा फर्केका हुन् । टीका लगाएपछि दसैँ सकिन्छ । देवीको पूजा गर्नेहरूले दशमीका दिन टीका लगाउँछन् । कतिपय समुदायमा दसैँको टीका पछिसम्म पनि लगाउने चलन छ । कोजाग्रत पूर्णिमासम्म त दसैँको टीका लगाउने चलन व्यापकै छ । जेहोस्, मान्यजनको हातबाट टीका थापेर आशीर्वाद लिएपछि दसैँको मूल कर्म सकिन्छ । अर्थात्, औपचारिकरूपमा भोलि दसैँ सकिन्छ ।

यस वर्षको दसैँ पहिले पहिलेजस्तो रमाइलो पक्कै भएन । धेरै घुमघाम र भेटघाट गर्न नपाएपछि दसैँको रमाइलो यसै घट्ने नै भयो । कोभिड—१९ को संक्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउनका लागि अरू कसैसँग पनि भेटघाट र संसर्ग गर्नबाट परेज गर्नु परेको हो । अर्थात्, आफ्ना मान्यजन र प्रियजनलाई संक्रमणबाट जोगाउनकै लागि नजिक नपर्ने सुझाव जनस्वास्थ्यका विज्ञहरूले दिएका हुन् । अहिले कुरा बुझ्ने उमेरका सबैले कोभिड—१९ को संक्रमण कसरी हुन्छ र त्यसबाट जोगिन जोगाउन के गर्नुपर्छ भन्ने जानिसकेका छन् । यद्यपि, केहीले जान्दाजान्दै आफू र आफ्नाहरूलाई समेत जोखिममा पारेको देखिएको छ तर धेरै जना सकेसम्म संक्रमण रोक्न सजग देखिएका छन् ।

Agni Group

आशा गरौँ, दसैँपछि कोभिड—१९ को संक्रमण नफैलियोस् । तर, मानिसहरूको आवागमन र भेटघाट ह्वात्तै बढेका कारण संक्रमण गाउँगाउँमा पुग्नसक्ने जोखिमलाई पनि उपेक्षा नगरौँ । विशेषगरी स्थानीय तहको संयन्त्रमा कार्यरत सबैले दसैँपछि केही समय निगरानी बढाउनुपर्ने हुनसक्छ । कसैमा लक्षण देखिएमा परिवारमै राखे पनि अलग्गै राख्ने र सकेसम्म चाँडै परीक्षण गर्ने व्यवस्था मिलाउन आलटाल नगरौँ । सन्देहास्पद संक्रमितलाई एक्लै राख्ने, तत्काल परीक्षण गर्ने र संक्रमितका सम्पर्कमा आएकाहरूको सम्पर्क पहिचान गर्ने कार्य गम्भीरतापूर्वक हुनसके संक्रमण धेरै हदसम्म रोकिने भएकाले स्थानीय तहका पदाधिकारीले यति गर्न आलटाल नगरून् । 

बाह्रखरी परिवारका तर्फबाट २०७७ को दसैँका अवसरमा हाम्रा समस्त पाठक, लेखक, विज्ञापनदाता, सहकर्मी तथा शुभेच्छुकमा स्वास्थ्य र समृद्धिको शुभकामना !       
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC