site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घट्यो कुभिन्डोको मूल्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । बजारमा कुभिन्डोको माग कम भएपछि मूल्य पनि सस्तिएको छ ।

कोभिड संक्रमणको जोखिमका कारण मठ-मन्दिरहरु सर्वसाधारणका लागि बन्द छन् । नवरात्रिमा मन्दिर गई कुभिन्डोको विधिपूर्वक पूजाआजा गरी देवीदेवतालाई चढाउने चलन छ । तर भक्तालुहरुका लागि मठमन्दिरमा पूजाआजा गर्न रोक लगाइएपछि यस वर्षको दसैँमा कुभिन्डोको माग घटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कुभिन्डो खासगरी नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको पूजा गर्न र नवमीको दिन पशु बलि नदिनेहरुले कुभिन्डो बलि दिनका लागि प्रयोग गर्ने चलन छ । तर यस वर्ष कोभिड संक्रमणका कारण मठ-मन्दिरलगायत शक्तिपीठहरुमा पूजाआजामा रोक लगाइएपछि कुभिन्डोको माग घटेको छ । माग घटेपछि मूल्य पनि घटेको हो । गत वर्ष एउटा कुभिन्डो झन्‍डै चार सय रुपैयाँमा बिक्री भएको तर यस वर्ष एक सयदेखि १५० रुपैयाँमा पनि बिक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् ।

काठमाडौंको सुनधारा क्षेत्रमा पुग्दा व्यपारीहरुले सडकमा कुभिन्डो बिक्रीका लागि राखेको देखिन्छ भने किन्‍नेहरु देखिँदैनन् । अघिल्लो वर्ष दुई-तीन सयको संख्यामा कुभिन्डो बिक्री भएको तर अहिले १०/१५ वटा पनि बिक्री नभएको व्यवसायीहरुको गुनासो छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC