site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा कोरोना कहर : धनकुटा बजारमा ३२६ घरधनीले गरिदिए भाडा छुट
Sarbottam CementSarbottam Cement

विराटनगर । धनकुटामा लकडाउनयता संकटमा परेका ३२६ व्यापारीलाई घरधनीले घरभाडा छुट गरिदिएका छन् ।

कोरोना महामारी र त्यसपछि सरकारले घोषणा गरेको लकडाउनको कारण व्यापार व्यवसाय बन्द भई व्यवसायी संकटमा परेका थिए । तर, धनकुटाका मनकारी घरधनीले व्यापारी तथा व्यवसायीको व्यापार नभएको समय गणना गरी घरभाडा छुट गरिदिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समस्यामा परेका व्यवसायीहरु पलायान हुने अवस्था नहोस् भनेर धनकुटा उद्योग वाणिज्य संघले घरधनीहरुसँग छलफल गरी घरभाडा छुट गर्न समन्वय गरेको हो । संघका अध्यक्ष विजयसन्तोषी राईले लकडाउनले संकटमा परेका व्यापारी व्यवसायीलाई व्यापारमा भएको र घाटाबीच थप आर्थिक भार नहोस् भनेर समन्वय गरिएको बताए । उनले भने, “हामीले घरधनीहरुलाई समन्वय गरी अहिलेसम्म ३२६ जना व्यवसायीलाई घरभाडा छुट गराएका छौं । छुट दिने घरधनीलाई संघका तर्फबाट सम्मान पनि गर्दै आएका छौं ।” अध्यक्ष राईले कोरोना महामारीका कारण बजार खुले पनि अझै व्यापारले लय लिन नसकेको सुनाए ।

संघले धनकुटा नगरपालिका ५ की समाजसेवी तथा अभियान्त रेणु श्रेष्ठले आफ्नो दुईवटा घर भाडामा लगाएकोमा भाडा छुट गरिदिएकी छन् । उनलाई धनकुटा उद्योग वाणिज्य संघले सम्मान गरेको छ । पछिल्लोपटक श्रेष्ठले धनकुटा नगरपालिका वडा ५ माथिल्लो कोप्चेमा अवस्थित दुईवटा घरमा एक-एक महिनाको बहाल छुट गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए ।

Global Ime bank

धनकुटाको व्यस्त हिले बजारका व्यवसायीलाई पनि भाडा छुट गराउन संघले पहल लिएको र हालसम्म ८४ जना घरधनीले घरभाडा छुट गरेको संघका महासचिव रामबहादुर गोङ्वा तामाङले जानकारी दिए । पर्यटकीय तथा व्यापारिक बजार हिलेमा कोरोना संकटका कारण व्यापार व्यवसाय प्रभावित बन्दै गएको छ ।

धनकुटा उद्योग वाणिज्य संघले धनकुटामा कोरोना कहरबीच सामाजिक काममा समेत सक्रियता जनाएको छ । कोरोना संक्रमणपछि उपचारमा रहेका त्यहाँको आइसोलेसनमा गुर्जो, खाजा र पानी सहयोग गरेको छ । संघका अध्यक्ष राई भन्छन्, “हामीले नगरपालिकासँग समन्वय गरी स्यानिटाइजर, मास्क र अन्य सामग्रीसमेत वितरण गर्दै आएका छौं ।” पहाडी जिल्ला धनकुटामा हालसम्म ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्याप्सन :
घरभाडा छुट दिने घरधनीलाई सम्मान गर्दै धनकुटा उधोग वाणिज्य संघका पदाधिकारी ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC