site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लागुऔषध र सुनसहित नेपाल-भारत सीमा क्षेत्रबाट ४ जना पक्राउ
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । बेलडाँडी गाउँपालिकानजिक नेपाल-भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले लागुऔषध र सुनसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्‍वार्टर शैलेश्‍वरी कञ्‍चनपुर मातहतको बोर्डर आउट पोस्ट भुडा र बोर्डर आउट पोस्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई हिजो साँझ पक्राउ गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

शैलेश्‍वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका २ का १६ वर्षीय हिमाल शाह, कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका १० का २८ वर्षीय मनीष सुनारलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये शाहबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको छ ।

यसैगरी भीमदत्त नगरपालिका ३, भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका वडा १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागु औषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ गरेकाहरुबाट लागुऔषध कोरेक्स ६०० मिलिटरका ६ बोतल, नाइट्रोभेट २४ चक्की, प्रोभोलिन स्पास १५ वटा बरामद गरेको छ । बरामद लागुऔषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC