site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लाइन विस्तारपछि गाउँ उज्यालो
Sarbottam CementSarbottam Cement

जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ८, हल्चौरमा विद्युत्‌को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ ।

यहाँका करिब पाँच सय घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा सुरु भएको हो । स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँमा विद्युतीकरण भएसँगै हल्चौरका बासिन्दा खुसी भएको नलगाड ८ का रामप्रसाद खत्रीले जानकारी दिए । अहिले गाउँमा वाइरिङको काम भइरहेको छ । -रासस

-प्रतिकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC