site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उत्तम विचारका दुई कविता
Sarbottam CementSarbottam Cement

भाग्‍नेछ रे कोभिड !


कोरोना किन गर्छ ताण्डव यहाँ भो जिन्दगीको क्षति 
बन्ला भन्छु अझै बनेन किन हो यो रोगको ओखती ।
मर्ने किन्तु मर्‍यो मरिन्‍न डरले बाँच्नेहरू हो लड       
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।१।।

धर्लान् मास्क सदा बुझेर जनले छोपेर बस्लान् मुख 
दूरी राख्‍न कवै सुझाउन परोस् पर्लान् न क्‍वै सम्मुख ।
हट्ने कायर बन्छ आत्मबलले बढ्नेहरू हो बढ
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।२।।

Prabhu Bank
Agni Group
NIC Asia

डेरा ठान्छ तथापि भाइरस यो बस्ला लुकी हातमा        
धोऊन् हात दुवै मिची स्वजनले पानी रहोस् साथमा ।
माथा चुम्‍न सकूँ म आँट बटुली हे वीर हो लौ चढ 
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।३।।

ए विज्ञान नबस् निरीहपनमा लेख्छस् कहानी किन       
जोगी बन्नु परोस् तथापि अहिल्यै घस्छस् खरानी किन ।
के हो खास यथार्थ वास्तविकता भेटिन्छ खोजी पढ 
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।४।।

Global Ime bank

सारा विश्व छ ठप्प यो सफरमा चल्दैन हावासरि
उड्छन् प्राणपखेरु हा ! मनुजका रोकिन्नझैँ क्यै गरी ।
खोजौँ तथ्य कुरा मिली सबजना लाग्नेछ पत्ता जड 
आफ्नो ख्याल गरे जितिन्छ रण यो भाग्नेछ रे कोभिड ।।५।।             

भन्दे न ए चाँदनी 

कोरोना किन गर्छ ताण्डव सखे यो लासको प्यासमा
मर्छन् मानिस गाउँमा सहरमा बाँचिन्छ के आशमा ।
हैरानी थपियो सुनी खबर यो सोध्दै छु आफैं अनि
यो सन्त्रास हटेर जान्छ कहिले ? भन्दे न ए चाँदनी  ।।१।।

मर्छन् मानिस रोग भोक भयमा बाँच्नेछ आशा अझै 
फुल्छन् फूल अनेक रंग रसमा हास्ने भरोसा अझै ।
भाग्ला त्रास भन्यो बसेर मनमा लेख्दैछ यो जीवनी
यो सन्त्रास हटेर जान्छ कहिले ? भन्दे न ए चाँदनी  ।।२।।

उड्ने छैन कुनै उडान नभमा उड्नै डराएसरि
गुड्ने साधन न्यून छन् सडकमा गुड्नै डराएसरि ।
जा जा जा परजा भन्यो अबुझ भै मान्दैन यो तैपनि 
यो सन्त्रास हटेर जान्छ कहिले ? भन्दे न ए चाँदनी  ।।३।।

लाग्ला घाम भन्यो तथापि मनमा बाक्लो तुषारो पर्‍यो
होला मन्द भन्यो बढ्यो गति अझै यो रोगले के गर्‍यो ।
छोड्ने छैन भनी दरिद्र निमुखा छोड्दैन कोही धनी
यो सन्त्रास हटेर जान्छ कहिले ? भन्दे न ए चाँदनी  ।।४।।

भाग्नैपर्छ तथापि भाइरसले छोडेर संसार यो
तेरो हार हुनेछ कोभिड नबस् बाँचेर के सार भो ।
यस्ता प्रश्न सयौँ मडारिन पुगे बस्दैछु औँला गनी
यो सन्त्रास हटेर जान्छ कहिले ? भन्दे न ए चाँदनी  ।।५।।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC