site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पन्जाबले हैदरावादलाई हरायो
Ghorahi CementGhorahi Cement

काठमाडौं । किङ्स इलाभेन पन्जाबाले सनराइजर्स हैदरावादलाई पराजति गरेको छ । शनिबार दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पन्जाबले हैदरावादलाई १२ रनले पराजित गरेको हो । 

पन्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो । पन्जाबको जारी सिजनमा यो पाँचौ जित हो ।

सनराइजर्स हैदरावादका लागि कप्तान डेभिड वार्नरले ३५ रन जोडे । उनले २० बल खेल्दै तीन चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडेका हुन् । त्यस्तै विकेटकीप। ब्याट्सम्यान जोनी बेयरस्टोले १९ रन जोडे । 

Agni Group

मनिस पाण्डेय १५, अब्दुल सामद ७ , जोसन होल्डर ५, प्रियाग गार्ग ३ र राशिद खान शुन्य रनमा आउट भए । विजय शंकरले २६ रनको योगदान दिए । उनले २७ बलमा ४ चौका प्रहार गर्दै २६ रन जोडेका हुन् । 

पन्जाबको जितका लागि क्रिस जोर्डन र अर्सदिप सिंहले समान तीन तीन विकेट लिए । त्यस्तै मोहम्मद सामी, मुरुगन आश्विन र रवि बिसनोईले एक एक विकेट लिए । 

Global Ime bank

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोडेको थियो । मध्येम सुरुवात गरेको पन्जाबले पहिलो विकेटको रुपमा मन्दीप सिंहलाई गुमाएको थियो । मन्दीप पाँचौ ओभरको अन्तिम बलमा राशिद खानको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए । उनले १७ रन जोडे । 
त्यस्तै दोस्रो विकेटको रुपमा २० रनमा खेलाडी रहेका क्रिस गेललाई गुमाएको पन्जाबले तेस्रो विकेटको रुपमा भने कप्तान केएल राहुलाई गुमाएको थियो । राहुलले २७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २७ रन जोडेका थिए । 

ग्लेन म्याक्सवेलले १२ रन जोड्दा क्रिस जोर्डन ७, मुरुगन आश्विन ४ र दीपक हूडा शुन्य रनमा आउट भएका थिए । निकोलस पूरनले भने ३२ रनको अविजितर पारी खेले । उनले २८ बलमा दुई चौका प्रहार गर्दै २८ रन जोडेका हुन् । 

पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका लागि सन्दीप शर्मा, जोसन होल्डर र राशिद खानले समान दुई–दुई विकेट लिएका थिए ।

यस जितसँगै पन्जाबले ११ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता समान खेल खेलेको हैदरावादको भने यो सातौ हार हो । चार खेल जितेको हैदरावादको ८ अंक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ००:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC