site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अमेरिकामा फेब्रुअरीसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख पुग्‍ने
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । अनुसन्धानकर्ताहरुले संयुक्त राज्य अमेरिकामा फेब्रुअरीसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाखसम्म पुग्‍ने बताएका छन् । 

शुक्रबार एकैदिन हालसम्मकै उच्च संक्रमण देखिएपछि अनुसन्धाकर्ताहरुले सम्पूर्ण अमेरिकीहरु सही तरिकाले मास्क नलगाएमा फेब्रुअरीसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख पुग्‍ने बताएका छन् । 

Agni Group

हाल अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाखभन्दा बढी पुगेको छ भने ८५ लाखभन्दा बढी संक्रमित भएका छन् । 

युनिभर्सिटी अफ वाशिङ्टन इनस्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड एभ्यालुसेनले गरेको अध्ययानमा जाडो मौसमा कोरोना भाइरसको संक्रमण थप तीव्ररुपमा फैलिने र अवस्था थप गम्भीर बन्दै जाने जनाएको हो ।

Global Ime bank

शुक्रबार एकैदिन हालसम्मकै उच्च ८३ हजारभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । यो संख्या यसअघि जुलाइमा एकदिनमा देखिएको सबैभन्दा बढी ७७ हजार २९९ भन्दा पनि अधिक हो । 

यसअघि हालसम्मकै एकदिनमा उच्च संक्रमण भारतमा १७ सेप्टेम्बरमा देखिएको थियो । भारतमा एकदिनमा ९७ हजार ८९४ जनालाई कोरोना संक्रमण देखिएको हो । 

वाशिङ्टन इनस्टिच्युट फर हेल्थ मेट्रिक्सका अनुसार यदि ९५ प्रतिशत अमेरिकीहरुले सही तरिकाले मास्क लगाएका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २० हजारले घट्ने बताएका छन् । 

अमेरिकी स्वास्थ्यमन्त्री एलेक्स अजरका अनुसार मानिसहरुको व्यक्तिगत व्यवहारका कारण कोरोना संक्रमण बढेको बताएका छन् । उनले मानिसहरु एकैठाउँमा जम्मा हुने, मास्क नलगाउने गर्दा कोरोना संक्रमण बढेको बताएका छन् । - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC