site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देश कोभिड—१९ को संक्रमणबाट आक्रान्त छ । गाउँगाउँमा महामारीको सन्त्रास व्याप्त छ भने बाक्ला आवादी भएका सहरहरू त लगभग संकटमै छन् । तैपनि, नेपालीहरू सकेसम्म हाँसीखुसी दसैँ मनाउँदै छन् । यो जीवटपन नेपालीको मौलिक जातीय चरित्र नै हो । विसं २०७२ सालको भूकम्पपछि नाकाबन्दी लागेका बेला पनि कष्ट सहेरै उत्साह र उमंगसाथ दसैँ मनाएका थिए । धर्म, जाति, भाषा, भेगमा जति धेरै विविधता भए पनि पारस्परिक सद्भाव र स्नेह नेपाली जातिका साझा विशेषता हुन् । यसैले त हिन्दु राज्यबाट एकाएक धर्म निरपेक्ष घोषणा गरिँदा पनि नेपालमा धार्मिक विद्वेष फैलिएन । यस्तो मुलुकमा दसैँ मनाइरहेकै बेला डोजर लगाएर मस्जिल भत्काउने प्रयत्न हुनु चिन्ता र आपत्तिको विषय हो ।

काठमाडौंको सुन्धारा नजिकै रहेको ‘मुसाफिर मदिनी मस्जिद’मा शनिवार एउटा समूहले डोजर प्रयोग गरेर मस्जिदको अगाडिको भाग भत्काइदिएको समाचार छ । यो मस्जिद करिब सय वर्ष पहिले काठमाडौं आवागमन गर्ने मुसलमानहरूका लागि नमाज पढ्न बनाइएको मानिन्छ । मस्जिदको जमिन नेपाल सरकारको स्वामित्वमा रहेको छ भने जमिनको भोगचलन भने मस्जिद व्यवस्थापनले गर्दैआएको छ । सुन्धारा क्षेत्रको बहुमूल्य जमिन हडप्न भूमाफियाहरू लागेको र तिनलाई काठमाडौं महानगरपालिकाका एक जना वडाध्यक्षले साथ दिएको एक जना वडा सदस्यले दाबी गरेकी छन् । समाचारमा उल्लेख भएअनुसार मस्जिदको जग्गा हडप्न लामो समयदेखि भूमाफियाले चलखेल गरिरहेका छन् । मुस्लिम आयोगका अध्यक्षले पनि जग्गा हडप्नकै लागि मस्जिद भत्काउने दुष्कर्म गरिएको धारणा प्रकट गरेका छन् ।

दसैँका बेलामा सञ्चार माध्यम र सरोकारवालाको ध्यान दिन नसक्ने ठानेर नै भूमाफियाले मस्जिद भत्काउन महाअष्टमीको दिन रोजेको हुनुपर्छ । मस्जिद भत्काइएको घटनाबाट मुसलमान समुदाय चिन्तित भएको समाचारमा उल्लेख गरिएको छ । यसो हुनु स्वाभाविक पनि हो । यस्तै, चिन्ता अरू समुदायले पनि गर्नुपर्छ । मस्जिद भत्काएर जग्गा हडप्न सक्यो भने भूमाफियाले मन्दिर, चैत्य र चर्च पनि बाँकी राख्नेछैनन् । मुस्लिम समुदायले पनि यस घटनालाई साम्प्रदायिक ठान्नु उचित हुँदैन । यो भूमाफियाकै हर्कत हुनुपर्छ । यसअघि पनि पटकपटक जग्गा हडप्न खोजिएको, धम्की दिइएकाले पनि यो कुकर्म भूमाफियाकै हुनुपर्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसैले वडाध्यक्षको संलग्नता भए पनि नभए पनि सरकारले यथाशीघ्र मस्जिद भत्काउने अपराधीहरूलाई खोजेर प्रचलित कानुनबमोजिम सजाय दिन आलटाल गर्नु हुँदैन । मुसलमान समुदायले पनि धैर्य र संयम गुमाउनु आवश्यक छैन । नेपाल धार्मिक कट्टरता भएको असहिष्णु समाज होइन । दिनको उज्यालोमा मस्जिदमा डोजर चलाउनेहरूलाई पहिल्याउन र पक्रन राजनीतिक हस्तक्षेप नहुने हो भने नेपाल प्रहरीलाई कुनै मुस्किल नहुनुपर्ने हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC