site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कोरोना संक्रमण कम्तिमा सन् २०२१ को मध्यसम्म रहन्छ’
Ghorahi CementGhorahi Cement

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले कोरोना भाइरसको संक्रमण कम्तिमा सन् २०२१ को मध्यसम्म रहने बताएका छन् । उनले फ्रान्सले सन् २०२१ मध्यसम्ममा कोरोना भाइरसविरुद्धको संघर्ष जारी राख्‍नुपर्ने बताएका हुन् । 

फ्रान्समा शुक्रबार ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएका थिए भने २९८ जनाको संक्रमणकै कारण मृत्यु भएको थियो । अन्य मुलुकहरु रुस, पोल्यान्ड, इटाली, अमेरिका र स्विजरल्यान्डमा पनि संक्रमणको दर उच्च देखिएको छ । 

Agni Group

विश्व स्वास्थ्य संगठनले युरोपियन मुलुकहरुमा संक्रमण बढ्दै जाँदा यसविरुद्धको लडाइँ कमजोर भएर गम्भीर अवस्थामा पुग्‍नसक्ने चेतावनी दिएको छ । संगठनले तत्काल स्वास्थ्य प्रणालीलाई सुधार गर्दै आवश्यक तयार गर्नसमेत सुझाएको छ । 

पछिल्लो १० दिनमा दैनिक कोरोना संक्रमितको संख्या दोब्बर हुँदै गएको छ । युरोपमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७८ लाख पुगेको छ भने दुई लाख ४७ हजारको मृत्यु भएको छ । 

Global Ime bank

विश्वभर हालसम्म कोरोना संक्रमितको संख्या चार करोड २० लाखभन्दा बढी पुगेको छ भने एक लाख ११ लाखभन्दा बढीको मृत्यु भएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC