site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘पुँजीगत खर्चको कमजोर अवस्था सुधार्न नीतिगत प्रबन्धहरु सच्याउनुपर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् । 

कतिपय कानुनी प्रबन्धहरुका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवश्‍यकता रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले कतिपय कानुनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पुँजीगत खर्चमा बाधा सिर्जना गरेकाले त्यस्ता चिजहरुमा सुधार गर्दै पुँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौती समाना गर्दै कुनै पनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पुँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतिलाई समाना गर्ने अलग्गै योजना रहन्छ । त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानूनी नियमगत प्रबन्धहरु छन वा अरुचिजहरु जसले पुँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भनेदेखि ती चिजहरुमा पनि हामी समग्रतामा समिक्षा गर्छौं र आवश्यक निर्णय लिँदै अगाडि बढ्छौं र पुँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं ।’’

राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए । बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखापरेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजस्व संकलनमा चुनौती थपिएको बताए । 

Global Ime bank

तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजस्व संकलनको स्थितिअनुसार लक्ष्यनजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताए । ‘‘अहिलेसम्मको स्थिति हेर्दा के देख्छौं भने राजस्व परिचालनको पाटो हाम्रा निम्ति अलिकति चुनौतीपूर्ण बनेर देखापरेको छ । बीचमा बन्दाबन्दीको अवस्था पनि रह्‌यो । आर्थिक क्रियाकलापमा काफी मात्रामा संकुचनको अवस्था देखा पर्‍यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो । अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दा हामी राजस्वको जुन लक्ष्य हो त्यसको नजिक-नजिक पुगेका छौं । केही तल छौं तर हामी नजिक पुगेका छौं,’’ उनले भने, ‘‘हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापमा जोड दिने रोजगारी प्रवर्वद्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौं । त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजस्वको लक्ष्य पूरा गरौंला या धेरै नजिक पुगौंला भन्ने पूर्वानुमानमा छौं ।’’

यस्तै सरकार र राज्यका विभिन्‍न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनेलगायतको विषयमा आफू रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC