site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अनिवार्य क्लिनफिड लागु, उपभोक्ताले चर्चित विदेशी टेलिभिजन हेर्न पाएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । आजदेखि अनिवार्य क्लिनफिड लागु भएको छ । नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण गर्न नपाइने कानुनी व्यवस्थाको कार्यान्वयन भएको हो ।

सरकारले शुक्रबार राति १२ बजेदेखि विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने नियम लागु गरेको हो । यससँगै मध्यरातबाट स्थानीय भाषामा विज्ञापन नबनेसम्म नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापन प्रसारण गर्न पाउने छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले क्लिनफिड लागु गर्न केबल तथा सेटेलाइट अपरेटरहरुलाई निर्देशनसमेत दिइसकेको छ । सरकारको सोही निर्देशनका कारण केबल तथा सेटेलाइट अपरेटहरुले सरकारले क्लिनफिड लागु गर्न लागेको हुनाले केही विदेशी च्यानल प्रसारण नहुने जानकारी आफ्ना ग्राहकलाई गरिसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सुबिसु केवलले आफ्ना ग्राहकलाई सूचित गर्दै भनेको छ, “सरकारले कात्तिक ७ गते राती १२ बजे पश्चात क्लिनफिड नीति लागु गर्न लागेको हुनाले केही विदेशी च्यानलहरु प्रसारण गर्न असमर्थ छौं । हाललाई १६० च्यानलहरु उपलब्ध रहनेछन् ।”

डिशहोमले पनि सूचना सार्वजनिक गर्दै भनेको छ, “यही कात्तिक ७ गतेदेखि नेपाल सरकारले अनिवार्य रुपमा क्लिनफिड नीति लागु गरेको र विदेशी ब्रोडकास्टरहरुले क्लिनफिड च्यानलहरु उपलब्ध गराउन नसकेको कारणले यो च्यानल क्लिनफिडमा उपलब्ध नहुन्जेलसम्मका लागि केही दिन अवरुद्ध हुन सक्ने” भनेको छ ।

Global Ime bank

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार हालसम्म भारतीय टेलिभिजन नेटवर्क ‘जी’ को प्याकेजअन्तर्गत  च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएका छन् । उनले ‘सोनी’को प्याकेजअन्तर्गतका च्यानल पनि विज्ञापनरहित आउन खोजिरहेको तर आउन नसकिरहेको बताए ।

स्पोर्टस् च्यानलहरु प्रसारण भएका छैनन् । ’स्टार’ को प्याकेजअन्तर्गतका कुनै पनि च्यानल नेपालमा विज्ञापनरहित भएर आएका छैनन् । स्टार स्पोर्टस्, स्टार स्पोर्ट सेलेक्टलगायत च्यानलसमेत प्रसारण नहुने भएपछि नेपाली दर्शकहरुले इंग्लिस प्रिमियर लिग, इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत फुटबल तथा क्रिकेटका चर्चित लिगहरु पाएका छैनन् । सीएनएन प्रसारण भए पनि बीबीसी भने प्रसारण भएको छैन ।

क्लिनफिड कडाइका साथ लागु गर्दै पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको थियो । नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ । तर नेपालमा प्रसारण हुने सीमित विदेशी च्यानलहरु मात्र क्लिनफिडमा उपलब्ध रहेको व्यवसायीले बताएका छन् ।

अब महँगो हुनेछ टीभी
भारतीय टेलिभिजन प्रसारण संस्थाहरुबाट विज्ञापनरहित च्यानलहरु खरिद गर्दा तिनै च्यानलको शुल्क अहिलेको भन्दा महँगो तिर्नुपर्ने व्यवसायीले बताएका छन् । डिशहोमका प्रबन्ध निर्देशक आचार्यले क्लिनफिड लागु भए पनि उपभोक्ताका लागि टेलिभिजन हेराई महँगो पर्ने बताए । उनीहरुले विज्ञापन पनि प्रसारण गर्दा सस्तो प्याकेज दिएका थिए । अब विज्ञापन प्रसारण गर्न नपाएपछि प्याकेज महँगो पर्ने उनले बताए ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्‍क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले १ वर्षभित्र अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार आजदेखि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न पाइनेछैन ।

यो ऐनले डबिङ गरिएका विज्ञापन पनि प्रसारण गर्न नपाइने भने पनि डबिङ गरिएका विज्ञापन नेपाली टेलिभिजन च्यानलहरुमा प्रसारण भइरहेको टेलिभिजन अपरेटरहरुले गुनासो गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC