site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 ट्रम्पले भने - भारत, चीन र रुसको हावा सबभन्दा खराब
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन र रुसको हावा सबैभन्दा खराब भएको बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि शुक्रबार भएको अन्तिम टेलिभिजन बहसका क्रममा उनले भारत, चीन र रुसको हावा सबैभन्दा खराब भएको बताएका हुन् । 

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति भारतीयहरुले यस विषयमा वभिन्‍न चासो, चिन्ता र आक्रोश व्यक्त गरेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, केहीले भने राजधानी नयाँ दिल्लीमा विश्वकै सबैभन्दा बढी वायु प्रदुषण रहेको स्वीकार गरेका छन् । पछिल्लो साता राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको स्तर निकै खराब बनेको छ । स्थानीयहरुले श्वासप्रश्वासमा समेत समस्या भइरहेको बताइरहेका छन् । 

वायु प्रदूषणले कोरोना संक्रमणको जोखिम उच्च : अध्ययन 

Global Ime bank

भारतमा वायु प्रदुषणको स्तर २.५ पीएम पुगेको छ । जुन अति खतरानक अवस्था हो । पछिल्लो साताहरुमा राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको औषतमा १८० देखि ३०० माइक्रोग्राम प्रति घनमिटर रहेको छ । यो भनेको विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डभन्दा १२ गुणा बढी हो । 

पेरिस जलवायु सम्झौताका विषयमा बोल्दै राष्ट्रपति ट्रम्पले भने , "त्यहाँ भारतमा हेर्नुहोस्, रुसमा हेर्नुस्, चीनमा हेर्नुस् । वायु प्रदुषणको अवस्था कस्तो खराब छ । पेरिस सम्झौतामा हामीलाई अन्याय भएको थियो । त्यसकारण बाहिरिने निर्णय गरिएको हो ।" 

भारतमा जाडो मौसममा वायु प्रदुषणको अवस्था निकै खराब हुने गरेको यथार्थ हो । राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्‍जाल ट्विटरमा 'फिल्थी', 'हाउडी मोदी' ट्रेन्डिङमा पुगेका थिए । - बीबीसी


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC