प्योङयाङ । चीनबाट 'धुलोका पहेँलो कणहरु' आएको भन्दै उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न चेतावनी दिएको छ । उक्त धुलोका कणहरुसँग कोरोना भाइरस आउनसक्ने भन्दै मानिसहरुलाई घरबाहिर ननिस्किन चेतावनी दिएको हो ।
उत्तर कोरिया सरकारको उक्त चेतावनीपछि राजधानी प्योङयाङका सडकहरु खाली भएको बीबीसीले जनाएको छ ।
विश्व कोरोना महामारीसँग लडिरहेको बेला अति गोपनियता कायम गर्ने मुलुक उत्तर कोरियाले हालसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ । उत्तर कोरियाले जनवरीदेखि नै आफ्ना सम्पूर्ण सीमा क्षेत्रहरु बन्द गर्नुका साथै मानिसहरुको आवतजावतमा कडा निगरानी गरिएको थियो ।
हालसम्म उक्त धुलोका कणहरु र कोभिड-१९ बीच कुनै लिंक रहेको भने पाइएको छैन । यद्पि तुर्केमेनिस्ताले पनि उक्त कणहरुसँगै कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भएकोले मास्क अनवार्य गर्न आग्रह गरिएको जनाइएको छ ।
उत्तर कोरियाको सरकारी टेलिभिजन च्यानल कोरियन सेन्ट्रल टेलिभिजनको विशेष मौसीमी बुलेटिनमा बुधबार धुलोका पहेंलो कणहरु ठूलो मात्रामा रहेको पाइएपछि मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ ।
उक्त धुलाका पहेँलो कणहरु मंगोलियान र चिनियाँ मरुभूमिबाट उत्तर कोरिया र दक्षिण कोरियामा पुगेका छन् ।
उत्तर कोरियास्थित रुसी दूतावासले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उत्तर कोरियाले विदेशी कूटनीतिज्ञहरु र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि उक्त धुलोका कणहरुले स्वास्थ्यमा नकारात्मक असर गर्नसक्ने भएकोले झ्याल थुनेर घरभित्रै बस्न चेतावनी दिएको जनाएको छ । - बीबीसी