साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ टिजर सार्वजनिक भएको छ । असोज ११ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘छक्का पञ्जा–२’ को टिजर युट्युबमा केही दिन अगाडि सार्वजनिक भए पनि सनेमा हलहरुमा भने केही महिना अगाडि नै देखाइँदै आएको थियो ।
दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बुद्धी तामाङ, शिबहरी पौडेल, स्वस्तिमा खड्का लागायतका कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । यो चलचित्रमा बैदेशिक रोजारीमा युवा मोहको विषय उठान गरिने भएको छ । ‘छक्का पञ्जा’ नेपालको इतिहासमै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो । निर्माण पक्षले १८ करोड कलेक्सन गरेको दाबी गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, असार १२, २०७४ १४:३७
प्रतिक्रिया दिनुहोस्