site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रत्येक वर्षको दसैँ नयाँ हुन्छ । परन्तु, अहिलेसम्म उत्साह, उमङ्ग र आनन्दपूर्वक मनाइने दसैँ यसपटक भने संयम, सावधानी र सचेततासाथ मनाउनु परेको छ । कोभिड—१९ को संक्रमण नियन्त्रित हुँदो हो वा नहुँदो हो त नेपालीले आफ्नो यो साझा चाड मन फुकाएर मनाउँथे । देवीको पूजा, बलि र टीका दसैँका प्रमुख धार्मिक र सांस्कृतिक गतिविधि हुन् । तर, नेपालमा दसैँ देवीको पूजा नगर्ने, बलि नदिने र टीका नलगाउनेहरूले पनि उत्तिकै रमाइलोसँग मनाउने गर्छन् । यसैले दसैँ धार्मिक भन्दा पनि नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व हो । संसारभर नेपाली जाति जहाँ पुगे पनि दसैँ आफ्नै शैलीमा जो मनाउँछन् ।

पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो दसैँ । यसैले वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै दसैँ मनाउन फर्कने चलन छ । यस वर्ष भने घरबाहिर रहेकाहरू परिवार भएका ठाउँमा फर्कन निकै सोचविचार गर्नुपर्नेे देखिएको छ । यो पक्कै पनि सुखद अवस्था होइन । घर फर्केर पनि छरछिमेकी, इष्टमित्र, साथीसँगातीसँग भेटघाट र रमाइलो गर्न निकै सावधान हुनुपर्ने स्थिति छ । कोही पनि आफ्नो परिवार वा समुदायमा कोभिड—१९ को संक्रमण फैलाउने कारक बन्न त पक्कै चाहँदैन । परीक्षण नगरिएकाहरू मात्र हैन परीक्षणमा संक्रमण मुक्त देखिएको व्यक्तिसमेत कुनै पनि क्षण संक्रमित र संक्रमणको वाहक हुनसक्छ । यसैले दसैँका अवसरमा परिवार र समुदायमा आफ्नो कारणबाट संक्रमण फैलन नदिन कसैले पनि हेलचेक्य्राइँ गर्नु हुँदैन । 

परिवारमा बालबालिका, बूढापाका र दीर्घरोगी हुनेहरूले थप सावधानी अपनाउनु उचित हुन्छ । मान्यजनको आशीर्वाद त सधैँ पाइएकै हुन्छ । यस वर्षको दसैँमा पनि पाइन्छ । फरक, यत्ति हो यस वर्ष धेरै नजिक गएर, भिडभाड गरेर टीका नथापौँ । सार्वजनिक यातायातमा लामो दूरीको यात्रा गर्नुपर्ने भए यो वर्षको दसैँ बसिरहेकै ठाउँमा मनाऊँ । सञ्चार प्रविधिमा भएको उन्नतिले दिएको सुविधा प्रयोग गरौँ । सके अनुहार हेर्नेगरी भिडिया कुराकानी गरौँ । भेट्न नपाएको तिर्सना कुराकानी गरेर मेटौँ । त्यति पनि भएन भने सम्झना गरौँ र शुभकामना दिऊँ । तर, जसरी पनि दसैँ मनाउने भनेर संक्रमणको वाहक नबनौ । परिवारमा सबै सकुशल रहनसके त दसैँ अर्को वर्ष उल्लासपूर्वक मनाउन पाइहालिन्छ । जानी नजानी संक्रमणको वाहक भएर पछुताउनु भन्दा त इष्टमित्र, साथीसँगाती र घरपरिवार सबैसँग घुममिल हुन अर्को वर्षसम्म पर्खनु नै बुद्धिमानी हुन्छ । उल्लास, उमङ्ग र आनन्दपूर्वक मनाउने गरेको दसैँ यसपटक संयम, सावधानी र सचेततासाथ मनाऊँ ।  
विजया दशमी, २०७७ को शुभकामना 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC