site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
  चीनको ‘विन-विन विकास’को अवधारणालाई कांग्रेसको समर्थन : डा. महत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफ्नो पार्टीले ‘विन-विन विकास’लाई समर्थन गर्ने बताएका छन् ।

पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका डा. महतले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको जुम बैठकमा बोल्दै नेपाली कांग्रेसले चीनको ‘विन-विन विकास’ को अवधारणालाई कांग्रेसले समर्थन गर्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू-जडित मुलुकको रुपमा परिवर्तन गर्ने प्रतिबद्धताको कदर गर्दछौं । हामी चीनको ‘विन-विन विकास’ को अवधारणालाई समर्थन गर्दछौं । हामी बीआरआईमार्फत उक्त अवधारणालाई वास्तविकतामा भएको हेर्न उत्सुक छौं ।" 

डा. महतले आफ्नो कार्यकालमा नेपालले बीआरआईको सम्झौतापत्रमा हस्ताक्षर गरिएको स्मरण गर्दै यसले पर्यटनको विस्तार हुने, व्यापार घाटा घटाउने, लगानी बढाउने, दुई देशबीचको सम्पर्क अन्तरलाई हटाउने, नेपालभित्र पूर्वाधारको खाडाहरुलाई घटाउने र नागरिकको जीवनस्तर उत्थान गर्ने बताएका छन् । 

Global Ime bank

परियोजनाको पहिचान, अवधारणा र कार्यान्वयनमा विस्तृत परामर्श बीआरआई परियोजनाहरूको सफलताको लागि आवश्यक भएको समेत उनले बताएका छन् । यसैले बीआरआई परियोजनाहरू राष्ट्रिय सहमतिका आधारमा गहन लागत-लाभ विश्लेषण र सरोकारवालाहरूको पर्याप्त आवाज सहित प्रमुख राजनीतिक दल र निजी क्षेत्रको छनौटको आधारमा चयन गरिनु पर्नेसमेत डा. महतले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC