site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिटीको पुनरागमन जित
Sarbottam CementSarbottam Cement

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्याचेस्टर सिटीले पुनरागन जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले पोर्टोमाथि पुनरागमन जित निकालेको हो । 

घरेलु मैदान सिटी अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा घरेलु टोलीले पोर्टोमाथि ३–१ को पुनरागमन जित निकालेको हो । सिटीको जितका लागि सर्जिओ अगुईरो, लिक्या गुन्डोगन र फेरान टोरेजले एक एक गोल गरे । पोर्टोका लागि लुइस डियाजले एक गोल गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १४ औं मिनेटमा पोर्टोका लुइस डियाजले गोल गर्दै पाहुना टोलीलाई सिटीविरुद्ध अग्रता दिलाएका थिए । उनले उरिबेको पासमा गोल गर्दै पोर्टोलाई १–० को अग्रता दिलाए । तर, खेलको २० औं मिनेटमा म्यानचेस्टर सिटीका लागि सर्जिओ अगुइरोले गोल गरेका हुन् । उनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

पोर्टोको खेलाडीले पोनाल्टी क्षेत्रमा फाउल गरेपछि भीआरको मध्येमबाट रेफ्रीले सिटीलाई पेनाल्टी अवसर दिएको थियो । जसमा अगुइरोले गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याका हुन् । 

Global Ime bank

त्यसपछि सिटीले दोस्रो हाफमा भने सिटीले थप दुई गोल गर्यो । खेलको ६५ औंमिनेटमा सिटीका मिडफिल्डर लिक्या गुन्डोगनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा फोडेनको पासमा टोरेजले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । 

जितसँगै समूह सी मा रहेको सिटीले तीन अंक जोड्दै च्याम्पियन्स लिगको सुरुवात गरेको छ । पोर्टोले भने सुरुवाती अग्रता जोगाउन नसक्दा लिगमा खराब सुरुवात गरेको छ । 

समूह सीकै अर्को खेलमा ओलम्पियाकोसले मार्सेलेलेमाथि साँघुरो जित निकालेको छ । ओलम्पियाकोसको घरेलु मैदानमा भएको खेलमा मोर्सेले १–० गोलले पराजित भएको हो ।  जितसँगै ओलम्पियाकोसले पनि समूहमा तीन अंक जाडेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC