site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियल मड्रिड साख्तरसँग पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिड पराजित भएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल साख्तरसँग ३–२ गोलले पराजित भएको हो । 

घरेलु टोली रियललाई पराजित गर्न साख्तरका लागि टेटे र मानोर सोलोमोनले एक एक गोल गरेका थिए । एक गोल भने आत्मघाती उपहार पाएको थियो । रियलका लागि लुका मोड्रिच र भिनिसियस जुनियरले एक एक गोल फर्काए । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २९ औं मिनेटमा पाहुना टोली साख्तरले खेलमा अग्रता लिएको थियो । कोर्नियन्कोको पासमा टेटेले गोल गर्दै साख्तरलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा रियलका डिफेन्डर राफेल भरानेले आत्मघाती गोल गरेपछि रियल खेलमा २–० ले पछि पर्यो । 

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा सोलोमोनले गोल गरे । उनले टेटेको पासमा गोल गर्दै साख्तरलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । ५४ औं मिनटमा मार्सेलोको पासमा मोड्रिचले गोल गर्दै रियललाई खेलमा फर्कउने प्रयास गरे । त्यसको पाँच मिनेट नबित्दै भिनिसियसले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । तर, त्यसपछि थप गोल गर्न नसक्दा रियल साख्तरसँग पराजित हुँन पुग्यो ।

Global Ime bank

यससँगै च्याम्पियन्स लिगको समूह बी मा रहेको रियलले पहिलो खेलमा पराजित हुँदै लिगमा दुखद सुरुवात गरेको छ । यता, साख्तरले भने समूहमा तीन अंक जोड्दै सुखद सुरुवात गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC