site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बैंगलोरलाई कोलकाताको झिनो लक्ष्य
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलारलाई झिनो रनको लक्ष्य सुम्पेको छ । आईपीएल २०२० को ३९ औं खेलमा कोलकाताले बैंगलोरलाई ८५ रनको झिनो लक्ष्य सुम्पेको हो । 

कालकाताले बैंगलोरलाई सुम्पेको यो जारी सिजनको सबैभन्दा कम रनको लक्ष्य हो । आईपीएल इतिहासमा सबैभन्दा कम रनको लक्ष्य सुम्पिने बैंगलोर पहिलो स्थानमा छ । बैंगलोरले २०१७ को आईपीएलमा कोलकाताविरुद्ध ४९ रन जोडेको थियो । 

Agni Group

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोलकाताले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । कोलकाताले पहिलो विकेटको रुपमा दोस्रो ओभरको तेस्रो बलमा टोलीको मात्र ३ रन हुँदा राहुल त्रिपाठीलाई १ रनमा गुमाएको थियो । त्यस्तै सोही ओभरको चौथो बलमा दोस्रो विकेटको रुपमा नितिन राना डक आउट हुन पुगे । 

तेस्रो विकेटको रुपमा एक रनमा खेली रहेका ओपनर ब्याटसम्यान सुभमन गिल पेभिलियन फर्किएपछि कोलकाता धरापमा परेको थियो । त्यसपछि क्रिजमा आएका टोम ब्यानटोनले १० रन जोड्दा कप्तान इयोन मोर्गनले ३० रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडेका थिए । 

Global Ime bank

विकेटकीपर ब्याट्सम्यान दिनेश कार्तिक ४, पाट कुमिन्स ४ र कुलदीप यादव १२ रनमा पेभिलियन फर्किदा फेर्गुन्सनले अविजित १९ रनको योगदान दिएका थिए । 

कोलकातालाई सस्तैमा समेट्न बैंगलोरका लागि मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिए । त्यस्तै युजभेन्द्र चाहलले दुई तथा नवदीप सैनी र वासिङटन सुन्दरले एक एक विकेट लिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC