site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मानव तस्करमा परेका २४ जनालाई उद्धार
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ । 

गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २०  बालबालिका मानव तस्करले काममा लगाइ दिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्ली नजीकैको उत्तर प्रदेशस्थित गाँजियावादबाट उद्धार गरी ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा ती बालबालिकालाई  दिल्ली महिला आयोग र प्रहरीको सहयोगमा उद्धार गरी बालगृह संरक्षणमा राखिएको भन्ने जानकारी पाउनेबित्तिकै मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको गत असोज १८ गते बैठक बसी तत्काल उद्धार गर्ने निर्णय गरिएको थियो ।

परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, राष्ट्रिय बालअधिकार परिषद् र आफन्त नेपालको पहलमा उद्धार गरी सुनौली नाकाबाट बुझेर नवलपरासीमा ल्याई सबै बालबालिकालाई मङ्गलबार परिवारमा पुनर्मिलन गराइए को हो ।  

Global Ime bank

ती बालबालिकालाई उद्धार गर्दा लागेको सम्पूर्ण खर्च मन्त्रालयमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुनस्थापना कोषबाट बेहोरिनेसमेत विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा निरन्तर सहयोग गर्न सबैमा अनुरोध गरेको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC