site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोरोना बिमा गरेको भए दाबी भुक्तानी सरकारलाई गर्न समितिको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौ । बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमा गराएका संक्रमितहरुको उपचार खर्च बिमा रकमबाट असुल गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

समितिले बुधबार निर्जीवन बिमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै सरकारले नि:शुल्क बिमा गराउने भनी तोकेका संक्रमितहरुले कोरोना बिमा गराएको खण्डमा उनीहरुको उपचार खर्च बिमा रकमबाट असुल गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारले आर्थिक रुपमा विपन्न तथा अशक्त, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीको मात्र नि:शुल्क कोरोना उपचार गर्ने निर्णय गरेको थियो । तर उनीहरूले कोरोना बिमा गरेको भए परीक्षण तथा उपचार खर्च कोरोना बिमाबाट काटिने बताएको थियो ।

सरकारको सोही निर्णय कार्यान्वयन गर्दै समितिले बिमा कम्पनीले उल्लेखित प्रकृतिका व्यक्तिहरुको कोरोना बिमा भएको खण्डमा सरकारले गर्ने उपचारमा लाग्ने खर्च बिमा रकमबाट असुली गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । 

Global Ime bank

बिमा समितिको यो परिपत्रसँगै अब कोरोना बिमा गराएका र सरकारले तोकेअनुसारको मापदण्डमा परि नि:शुल्क उपचार सेवा पाउनेहरुले कोरोना बिमाबापतको रकम पाउने छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC