site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
ढाका । बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ । 
 
साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ । 
 
ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ । साथै ती सांसदलाई सघाउने अरु सात जनालाई उक्त अदालतले जन्मकैँदको सजाय सुनाएको हो । 
 
मृत्युदण्डको सजाय सुनाइएका नेता सेखावत हुसैनले सो स्वतन्त्रता संग्रामको समयमा स्वतन्त्र बङ्गलादेशको पक्षमा लागेका नागरिकको हत्या र ज्यादति गरेका थिए । 
 
हाल उनी बङ्गलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्सादको पार्टीका नेता थिए । उनी विरुद्ध कैयौँ व्यक्तिको हत्या गरेको अरोप लागेको थियो । 
 
सो आरोपको सुनुवाई बंगलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको थियो । सो अदालतले उहाँलाई बुधबार दोषी ठहराएको थियो । 
 
सेखावत हुसैन सन् १९९१ म बङ्गलादेशको सांसद भएका थिए । उनी त्यस समयदेखि नै कैयौं निर्दोष नागरिकका हत्यारा र बलात्कारीका रुपमा स्वतन्त्रता पक्षधरहरुबीच चित्रित हुँदै आएका थिए । 
 
सन् २००९ मा शक्तिमा आएपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले सो युद्ध अपराधसम्बन्धी अदालतको स्थापना गरेका हुन् ।  
 
उनी बंगलादेशका स्वतन्त्रता सेनानी सेख मुजिबर रहमानी छोरी हुन् । बङ्गलादेशले सुरु गरेको स्वतन्त्रता संग्रामको समयमा भएको आमहत्या, बलात्कार, एवम् कैयौंँ ज्यादतिका विरुद्धमा यस अदालतले कारबाही गर्दै आएको छ । रासस÷सिन्ह्वा 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC