site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगातार तेस्रो दिन पनि दोहोरो अंकले बढ्दा नेप्से १६०० नजिक, १ अर्ब ६३ करोडको कारोबार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । साताको चौथौ दिने सेयर बजार परिसूचक नेप्से  १३.९४ अंकले वृद्धि हुँदा करिब १६०० अंकको नजिक पुगेको छ । बुधबार नेप्से १५९७.७१ अंकमा बन्द भएको छ । 

अब खरिद गरेको सेयरको पैसा दसैंपछि मात्रै भुक्तानी गरे हुने भएकोले बजारमा खरिद चाप बढेको छ भने बेच्‍नेले दसैं अगाडि पैसा नपाउने हुँदा बिक्री चाप घटेको छ । जसले गर्दा नेप्से यो साता लगातार बढिरहेको छ । सेयर खरिद अहिले गरेपछि दसैंपछि मात्रै भुक्तानी गर्दा हुने भए पनि बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ । यो साता लागेपछि एक अर्बबाट तल झरेको कारोनाबाट रकम पनि डेढ अर्बमाथि पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साताको पहिलो दिन सामान्य ओरोला लागे पनि त्यसपछि भने सेयर बजार लगातार बढिरहेको छ । बुधबार बैंकिङ समूहको सूचक बढेसँगै नेप्से पनि दोहोरो अंकले बढेको हो । तर उपसमूहका सूचकहरु भने मिश्रित रहेको छ । होटेल, हाइड्रोपावर, वित्त कम्पनी र उत्पादन समूहको सूचक ओरालो लाग्दा त्यसबाहेकको समूहको सूचक भने बढेको छ । 

बुधबार नेप्सेमा हाइड्रोपावर समूहको सूचक सर्वाधिक १.०१ प्रतिशतले घटेको छ । व्यापार समूहको सूचक भने २.१९ प्रतिशत र बजारलाई लिड गर्ने बैकिङ समूहको सूचक नै १.७१ प्रतिशतले वृद्धि हुँदा नेप्से पनि ०.८८ प्रतिशतले बढेको हो । 
 
नेप्सेसँगै कारोबार रकम पनि क्रमिक रुपमा बढेको छ । बुधबार नेप्सेमा २२ हजार ४८२ वटा कारोबारमा १९२ कम्पनीको ५५ लाख ९ हजार ४४८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजारको सेयर कारोबार भएको छ । २० प्रतिशत लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । बैंकको मात्रै २४ करोड २९ लाख ५८ हजारको सेयर किनबेच भएको छ । 
 
त्यस्तै कुमारी बैंकको ८ करोड ३९ लाख ३० हजारको कारोबार हुँदा कारोबार रकममा नेपाल बैंक, हिमाल दोलखा हाइड्रोपावर र ग्लोबल आइएमई बैंक अगाडि देखिएका छन् । गत साता नेप्सेमा सुचकृत भएर कारोबार सुरु भएको जनरल इन्स्योरेन्सको सेयर मुल्यमा बुधबार पनि सकारात्मक सर्किट लागेको छ । ९.८४ प्रतिशतले बढेको कम्पनीको सेयर मूल्य ५३६ रुपैयाँ पुगेको छ । 

Global Ime bank

यस्तै नेपाल हाइड्रो डेभ्लपर्स, साग्रिंला डेभलमेन्ट बैंकर एनआईसी एशिया बैंकका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले पनि करिब ४ प्रतिशतले नै कमाएका छन् । 

यता नेपाल फाइनान्सको लगानीकर्ताले सवार्धिक ५ प्रतिशत माथिले गुमाउँदा धरै गुमाउने शीर्ष ५ कम्पनीमा ४ वटा हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC